`

आजदेखि विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । अब विराटनगर र जनकपुरबाट पनि श्रम स्वीकृति लिन सकिने भएको छ ।मन्त्रिपरिषद्को यसअघिको निर्णयअनुसार  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विराटनगर र जनकपुरमा आज श्रम तथा रोजगार कार्यालयको शाखा विस्तार गर्न लागेको हो ।वैदेशिक रोजगारीमा जानेका लागि छिटो र छरितो रूपमा श्रम स्वीकृति प्रदान गर्न शाखा स्थापना गरिएको मन्त्रालयले जनाएको छ ।यसअघि मन्त्रालयले पोखरा, बुटवल, सुर्खेत र धनगढी विस्तार गरेको थियो । यससँगै भौतिक रूपमा उपस्थित भई लिनुपर्ने श्रम स्वीकृति तथा व्यक्तिगत स्वीकृति अब यी स्थानमा अनलाइन मार्फत लिन सकिनेछ ।साभार : नेपाल प्रेस

`
12 comments
उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्..

जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्पन्न हुन थालेको छ । मतदाता परिचय पत्रमा देखिएक..

7 दिन पहिले