जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहानगरपालिकाको चेतावनी
11 घन्टा पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएको छ । विशेषगरी जनकपुरधामको मासु बजारमा खसीको नाममा बाख्राको मासु बिक्री गर्ने, तथा अस्वस्थकर तरिकाले मासु तयारी गर्ने प्रवृत्ति बढ्दै गएको पाइएको छ ।हाल बजारमा खसीको मासु प्रतिकिलो ११०० देखि १२०० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । तर, केही मासु व्यवसायीहरूले सस्तोमा किनिएको बाख्राको मासु मिसावट गरी खसीको मूल्यमा बिक्री गरेर उपभोक्तालाई ठगी गरिरहेका छन् । व्यापारीहरूले जिउँदो बाख्रा प्रतिकिलो ३००–४०० रुपैयाँमा खरिद गरी उच्च मूल्यमा बेच्ने गरेको गुनासो उपभोक्ताबाट आएको छ । जनगुनासोअनुसार मासुमा विभिन्न केमिकल प्रयोग गरेर गन्ध हटाउने, रंग परिवर्तन गर्ने र पुरानो मासु नयाँझैँ बनाइने काम हुँदै आएको छ । त्यसको असर सर्वसाधारणको स्वास्थ्यमा परेको छ ।
यता, जनकपुरधाम उपमहानगरपालिकाले बजारमा खसीको नाममा बोकाको मासु बिक्री भइरहेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । स्थानीय उपभोतmाहरुबाट बाख्राको मासुलाई खसीको नाममा बेचिरहेको गुनासो बढेपछि जनकपुरधाम उपमहानगरपालिकाको कार्यालयले बुधवार एक सूचना जारी गर्दै मासु व्यवसायीहरुलाई सचेत गराएको छ । सूचनामा उपमहानगरपालिकाभित्र सञ्चालनमा रहेका सम्पूर्ण मासु पसल तथा विक्रेताहरूलाई मिसावट नगरी मासु बिक्री वितरण गर्न निर्देशन दिइएको छ ।
‘खसीको मासु भन्दै बाख्राको मासु बिक्री गरेको पाईए कानुन बमोजिम कारबाही गरिने सूचनामा उल्लेख गरिएको छ । चाडै बजार अनुगमनलाई तिव्रता दिई उपभोतmाको स्वास्थ्यसंग खेलवाड गर्ने र ठगी गर्नेलाई कानुनी दायरामा ल्याईने जनकपुरधाम उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखाका पशु चिकित्सक डा. अमर कुमार साहले जानकारी दिएका छन । डा.साहले उपमहानगरपालिकाले सबै सरोकारवालासँग सहकार्य गर्दै बजारमा पारदर्शिता कायम गर्ने लक्ष्य लिएको बताए ।
जनकपुरधाम उपमहानगरपालिकाभित्र संचालित अधिकांश मासु पसलको दर्ता छैनन् । मासुको मूल्यमा एकरूपता छैन, विक्रीका लागि कुनै मापदण्ड छैन । मासु काट्ने ठाउँ फोहोर छ । पसल, अचानो, पानी, खुकुरी, सबै दुर्गन्धित झिंगा भन्कि रहेको पाइन्छ ।
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..
जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..
3 दिन पहिले
जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..
जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..
11 घन्टा पहिले
कमेन्ट गर्नुहोस्