मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व नहुनु यो संविधान र व्यवस्थाकै असफलता : प्रभु साह
10 घन्टा पहिले प्रकाशित
Khojkhulasa
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि प्रश्न उठेकाले यसको स्वच्छता, निष्पक्षता र पारदर्शिताको बारेमा छानबिन गर्नुपर्ने माग गरेका छन् । काठमाडौँको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आज बसेको केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै साहले यस्तो माग गरेका हुन् । निर्वाचन आयोगदेखि सरकारको भूमिकामाथि प्रश्न उठाउँदै उनले निर्वाचन आचारसंहिता उलङ्घन हुँदा समेत मौन बस्नु, एकपक्षीय प्रचार रोक्न नसक्नुले गम्भीर प्रश्न उठेको बताए । मिडियादेखि सामाजिक सञ्जालको निष्पक्षतामाथि समेत उनले प्रश्न उठाए । फेक आइडीको दुरुपयोग, मिडियाको एकपक्षीय प्रचार रोक्न नसक्नु निर्वाचन आयोग र सरकारको असफलता भएको टिप्पणी उनले गरे ।
यसैगरी मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व नहुनु यो संविधान र व्यवस्थाकै असफलताको प्रमाण भएको उनले बताए । जनसङ्ख्या अनुसार २७५ सदस्यीय प्रतिनिधिसभामा एक जना पनि मधेसी दलित नहुनुले यसका लागि पार्टीले सङ्घर्ष गर्ने बताए । मधेसी दलितको सहभागिता नहुनुको कारणबारे उनले निर्वाचन आयोगसँग जवाफ समेत माग गरेका छन् । उनले हालै आएको हावाहुरी, असिना पानीका कारण देशैभर गहुँ, मकै, केरा खेतीका साथै आँप, लिची लगायतका बालीमा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै किसानहरूलाई क्षतिपूर्ति दिन सरकारसँग माग समेत गरेका छन् ।
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइती..
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज पनि माइतीघरमा प्रदर्शन गरिएको छ । जेनजी आन्दोलनका घाइतेहरू..
10 घन्टा पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
10 घन्टा पहिले
ईस्लाम धर्मावलम्वीहरु आज ईद पर्व मनाउँदै
मुस्लिम समुदायले आज ईद उल फित्र पर्व मनाउँदै छन् । अरबी पात्रो हिजरी संवतअनुसार नवौँ महिनामा निराहार व्रत गरेका ..
11 घन्टा पहिले
कमेन्ट गर्नुहोस्