`
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
4 महीना पहिले प्रकाशित
Khojkhulasa

`

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
त्यस्तै, साउन २ गते पोलिटब्यूरो बैठक बोलाउने निर्णय पनि भएको उनले बताए । बैठकमा भदौ २२–२२ मा हुने विधान अधिवेशनबारे छलफल हुने उनले बताए ।
विधान अधिवेशनमा तीनवटा प्रस्ताव प्रस्तुत गर्ने निर्णय पनि आजको सचिवालय बैठकले गरेको छ ।
उपमहासचिव ज्ञवालीका अनुसार, अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव विधान अधिवेशनमा पेस गर्नेछन् ।
त्यस्तै, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन् भने महासचिव शंकर पोखरेलले संगठनात्मक प्रस्ताव पेस गर्नेछन् ।
`
कमेन्ट गर्नुहोस्