`

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

4 महीना पहिले प्रकाशित

Khojkhulasa

`

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।

बिहीबार १ बजेका लागि बैठक बोलाइएको समिति सचिवालयले जनाएको छ ।

१५ असारभित्र विद्यालय शिक्षा विधेयक पास गर्ने तयारी भएकाले बैठक बोलाइएको हो ।

निजी विद्यालयको सञ्चालन, ईसीडी र शिक्षक महासंघसँग भएको सहमति समावेश गर्ने विषयमा सहमति जुट्न नसक्दा बैठक बस्न ढिलाइ भएको हो ।

बिहीबारको समिति बैठकले विवादित विषयमा टुंगो लगाउने तयारी छ ।

परामर्श समन्वय उपसमितिले पनि विवादित विषयमा सहमति जुटाउने प्रयास गरिरहेको छ ।

`
12 comments