`

कर नतिरेको भन्दै अभिनेत्री ऐश्वर्या रायविरूद्ध नोटिस

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन समस्यामा परेकी छन्। भारतीय सञ्चार माध्यमका अनुसार कर नतिरेको भन्दै उनलाई नासिकको सिन्नर राजश्व विभागले नोटिस पठाएको छ। सिन्नर राजश्व विभागले ऐश्वर्यासँगै अन्य १२ सय घरधनीलाई कर तिर्न नोटिस पठाएको हो। सिन्नरको आडवाडी क्षेत्रमा ऐश्वर्याले पवन चक्की लगाउनको लागि जग्गा किनेकी थिइन्। जसको एक वर्षको कर करिब २२ हजार रुपैयाँ हुन्छ। सार्वजनिक नोटिसमा ऐश्वर्यालाई मार्चको अन्तिमसम्म कर तिर्न निर्देशन दिएको छ। पछिल्लो समय ऐश्वर्या फिल्म ‘पोन्नियिन सेलवन १’ मा देखिएकी थिइन्। फिल्मलाई मणिरत्नमले निर्देशन गरेका थिए। फिल्ममा चियान विक्रम, ऐश्वर्या राय बच्चन, जयराम रवि, सरथकुमार, प्रभु, अश्विन काकुमानद, शोविता धुलिपल लगायतको अभिनय छ।ऐश्वर्याले सन् १९९४ मा मिस वर्ल्डकाे उपाधि जितेकी थिइन्। उनले सन् १९९७ मा तमिल फिल्म 'इरूवर' बाट अभिनय यात्रा सुरू गरेकी थिइन्।साभार : सेतोपाटी

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

3 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

5 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

5 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

5 दिन पहिले