शाहरूख खानका छोरा आर्यनसँग डेट गर्दै नोरा!
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

मुम्बई । बलिउड अभिनेता शाहरूख खानका छोरा आर्यन खान र अभिनेत्री तथा डान्सर नोरा फतेही प्रेम सम्बन्धमा रहेको चर्चा छ।भारतीय सञ्चारमाध्यम बलिउड लाइफका अनुसार आर्यन र नोरा एकसाथ समय बिताइरहेका छन्।यतिबेला सामाजिक सञ्जालमा दुवैले पार्टी गरिरहेको तस्बिर भाइरल भइरहेको छ। सार्वजनिक एक तस्बिरमा आर्यन र अर्कामा नोरा देखिएकी छन्। दुवै तस्बिर उनीहरूको फ्यानले एकै ठाउँमा लिएका छन्। उक्त तस्बिरको आधारमा फ्यानहरूले प्रेममा रहेको बताएका हुन्। यसबारे आर्यन र नोराले कुनै प्रतिक्रिया दिएका छैनन्।यो तस्बिर सार्वजनिक भएपछि 'अनन्या पाण्डेको के हुन्छ?' भन्ने कमेन्ट पनि आइरहेको छ। एक सामाजिक प्रयोगकर्ताले लेखेका छन्, ‘मलाई यी दुईलाई देखेर अचम्म लागेको छैन। केही समयअघि आर्यन र अनन्या डेट गरिरहेको खबर बाहिरिएको थियो। अनन्याले करण जोहरको शो कफी विथ करणमा सुहानाको भाइसँग डेट गर्न चाहन्छु भनेकी थिइन्। अनन्याको नाम इशान खट्टरसँग पनि जोडिसकेको छ।’आर्यन खान बलिउडमा डेब्यू गर्दैछन्। उनी आफ्नै होम प्रोडक्सन रेड चिल्लीको फिल्म निर्देशन गर्न तयारीमा छन्।फिल्मसँगै उनी व्यापार/व्यवसाय गर्न पनि तयार भएका छन्। उनी भारतमा आफ्नो प्रिमियम भोड्का ब्रान्ड लञ्च गर्दैछन्। यस प्रोजेक्टको लागि उनले स्लेब भेञ्चर्स नामको एक कम्पनी खोलेका छन्।

साभार : सेतोपाटी
जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल
शालिनी सिंह पछिल्ला दिनहरुमा धनुषाको जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले ..
4 दिन पहिले
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा.सुजन भन्छन्– मेर..
कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका..
1 दिन पहिले
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रति..
1 दिन पहिले
भौतिक मन्त्रालयको बजेटमा सयौँ खुद्रे आयोजना, १ लाखसम्मक..
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाख रुपैयाँसम्मका दर्जनौं खुद्रे ..
1 दिन पहिले
कमेन्ट गर्नुहोस्