`

मोडर्न २८ औं वर्षमा प्रवेश

7 महीना पहिले प्रकाशित

Khojkhulasa

`

किशोर मंडल
मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री बोर्डिंग स्कुलले २८ औं वार्षिकोत्सव भव्यताका साथ मनाएको छ । धनुषाको शैक्षिक क्षेत्रमा आफनो छुट्टै स्थान बनाउन सफल मोडर्नले बिहीवार २८ औं वार्षिकोत्सव मनाएको हो । २०५४ सालमा स्थापित यस विद्यालयबाट एसएलसी दिएर गएका विद्यार्थीहरु डक्टर इन्जिनियर विजिनेश मेन सहित विभिन्न क्षेत्रमा राम्रो गरिरहेका छन । पढाइदेखि हरेक क्षेत्रमा मोडर्नबाट पढेकाहरू अग्रस्थानमा हुँदा गर्व लाग्ने गरेको विद्यालयका संस्थापकरप्रिन्सिपल चन्द्र नारायण मंडलले बताए । संस्थापकरप्रिन्सिपल मंडलले २८ औ वर्षमा पुग्दा ठूलो चुनौतीहरु पार गरेको बताए । अधिकाश अभिभावकहरु बालबालिका विद्यालयमा भर्ना भएपछि आफ्नो जिम्मेवारीबाट पन्छिने प्रवृत्ति समाजमा देखिएको भन्दै बढी भन्दा बढी समय बच्चाहरुलाई दिन जरुरी रहेको उनले औल्याएका छन । उनले भने मैले विद्यालयमा बच्चाहरुलाई रचनात्मक काममा अग्रसर गराई उनीहरुको सिकाईलाई प्रभावकारी बनाउनतर्फ जोड दिएको छु ।
विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष हिरा मंडलले विद्यालयमा शैक्षिक, ब्यावहारिक ज्ञानका साथै खेलकुद गतिविधिहरुमा चासो दिएर योजनावद्घ रुपमा काम गर्दा सफलता मिलेको बताए । उनले शैक्षिक विकासमा नीजि क्षेत्रको लगानीमा सरकारको सकारात्मक दृष्टिकोण नआएको दुःखेसो पोखे । ठुलो सरकारी लगानी भएका सामुदायिक विद्यालयमा भन्दा नीजि क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन भएको उनको दाबी छ । अन्य विद्यालयहरुले समेत अनुसरण गर्ने गरी मोडर्नबाट योजना बनाएर काम गर्दा सफलता पाएको उनले दाबी गरे ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

7 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले