`
जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल
1 महीना पहिले प्रकाशित
Khojkhulasa

`

शालिनी सिंह
पछिल्ला दिनहरुमा धनुषाको जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले दिउँसोभन्दा रातिको दृश्य मनमोहक देखिन्छ । उपमहानगरपालिकाले नगरको विभिन्न स्थानहरुमा रातको समयमा पनि उज्यालो हुने गरि हाइ मास्क लाइट जडान गरेको छ । उक्त हाइ मास्क लाइट जडान गरेपछी केही दिन अघिसम्म साँझको समयमा अन्धकार हुने रामस्वरुप रामसागर बहुमुखी क्यामपस क्षेत्र लगायत आसपास क्षेत्र अहिले रातको समयमा पनि उज्यालोमय बनेको छ । उपमहानगरपालिकाले अहिले राराब क्यामपस सहित नगरको अन्य विभिन्न स्थानहरुमा बत्ती जडान गरेपछी अहिले चोकबजार झलमल्ल भएका छन् । बत्ती जडान भएपछि रातको समयमा हुने आपराधिक क्रियाकलापमा समेत कमी आउने विश्वास उपमहानगरपालिकाले राखेको छ ।
`
कमेन्ट गर्नुहोस्