`

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भव ?

1 महीना पहिले प्रकाशित

Khojkhulasa

`

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्दै’ नीति अघि सारेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत उक्त व्यवस्था राखिएको हो । 

नीति तथा कार्यक्रममा ‘स्थानीय तहदेखि केन्द्रसम्म सरकारी सेवामा इन्टर्नलाई प्रयोग गरिने, स्नातक तहभन्दा माथिका विद्यार्थीलाई विभिन्न अनुसन्धान संस्थामा आबद्ध गरिने र बढीमा हप्तामा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी कमाउँदै पढ्दै को नीति लागु गरिने’ भन्ने छ । 

उक्त योजना श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको छ । श्रम गर्ने संस्कृतिको विकास गर्दै श्रमलाई सम्मान गर्ने परिपाटी बसालिने र इन्टर्नलाई पनि स्टार्टअपमा संलग्न गर्न कार्य घण्टामा आधारित ज्याला प्रणाली लागु गरिने भन्ने विषयमा श्रम अन्तर्गतको नीति तथा कार्यक्रममा समेत समावेश गरिएको हो ।

तर शिक्षाविद् डाक्टर विष्णु कार्की यो विषय लागु गर्न निकै ढिला भएको बताउँछन् । ‘विगतमा नुनतेल दिने, छात्रवृत्ति वितरण गर्नेजस्ता योजना अघि सारेर विद्यार्थी टिकाए,’ उनी भन्छन्, ‘अब पढ्दै कमाउँदै नीति अघि नसारिएको भए निकै समस्या हुन्थ्यो ।’  

`
12 comments
जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल

शालिनी सिंह पछिल्ला दिनहरुमा धनुषाको जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले ..

4 दिन पहिले

अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा.सुजन भन्छन्– मेर..

कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका..

1 दिन पहिले

प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो

गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रति..

1 दिन पहिले

भौतिक मन्त्रालयको बजेटमा सयौँ खुद्रे आयोजना, १ लाखसम्मक..

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाख रुपैयाँसम्मका दर्जनौं खुद्रे ..

1 दिन पहिले