`

वीरगञ्जमा गरिएको परीक्षणमा १९३ जनामा संक्रमण पुष्टि

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

१८ वैशाख, काठमाडौं । वीरगञ्जमा गरिएको परीक्षणमा १ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा शुक्रबार २ सय ८० जनाको परीक्षण गर्दा १ सय ९३ जनामा संक्रमण देखिएको नारायणी अस्पतालले जनाएको छ ।

पुष्टि भएका संक्रमितमध्ये ५७ जना महिला छन् । पर्साका १ सय ५१, बाराका ३०, रौतहटका ४, सर्लाहीका ३, चितवनको २, धनुषा, बर्दिया र नवलपरासीका १÷१ जनामा संक्रमण पुष्टि भएको छ ।

अढाइ वर्षको बालकदेखि ७७ वर्षका संक्रमित छन् । संक्रमितको सिटी भ्यालु १३.१ देखि ३५.१ रहेको अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले जानकारी दिए ।

 

`
12 comments
विद्यार्थीहरुमा अन्तरनिहित क्षमता विकासका लागि अतिरित ..

धनौजी गाउंपालिका वडा नंं. २ स्थित ज्ञान ज्योति ई.बो.स्कुलमा ४ दिने चित्रकला तालिम शुरु भएको छ । विद्यार्थीहरुमा अन..

7 दिन पहिले