दलित समाजको घटना दर्ता कार्यक्रम झटियाहीमा सम्पन्न
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
जनकपुरधाम, २१ गते कार्तिक ।सेवाग्रहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यका साथ सोमबार हंसपुर नगरपालिका ८ झटियाहीमा सम्पन्न भएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार परियोजना मार्फत न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि कानुनी सचेतना, कानुनी सहायता र आउटरिच गतिविधिहरुको कार्यान्वयन ए टु जे परियोजना अन्तरगत भएको सो घटना दर्ता कार्यक्रममा चार दर्जन भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा तत्कालै २४ जनाको जन्म दर्ता, ८ जनाको मृत्युदर्ता तथा १३ जनाको विवाहदर्ता भएको परियोजनाका कार्यक्रम संयोजक मनोज कुमार सर्राफले जानकारी दिनुभयो । घटना दर्ता समयमा नहुँदा यसबाट हुने समस्याहरुका बारेमा खासै जनाकारी नभएको झटियाहीका करिब ६० जनामहिलालाई यो कार्यक्रम मार्फत घटना दर्ताको फाइदाबारे जानकारी भएको थियो । सो घटना दर्ता कार्यक्रममा सहभागी भएका महिलाहरुलाई संस्थाका दातृनिकाय यूएनडिपीका कानुनी साहायतामा पहुँच अधिकारी उर्मिला रोक्काले घटना दर्ताको फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । यो परियोजना अन्तरगत दलित समाज उत्थान समिति नेपालले न्यायिक समितिको कामबाट सेवाग्रहीमा परेको प्रभाव तथा कानुनी सचेतना,न्याय , कानुन तथा सुरक्षा सम्बन्धी आम नागरिकको जनचेतना विकासका क्षेत्रमा काम गरिरहेको परियोजनाका कार्यक्रम संयोजक सर्राफले जानकारी दिनुभयो ।
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
5 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्