दलित समाजको घटना दर्ता कार्यक्रम झटियाहीमा सम्पन्न
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

जनकपुरधाम, २१ गते कार्तिक ।सेवाग्रहीलाई न्यायमा पहूँच अभिबृद्धि गर्ने उद्देश्यका साथ सोमबार हंसपुर नगरपालिका ८ झटियाहीमा सम्पन्न भएको छ । दलित समाज उत्थान समिति नेपालको आयोजनामा संस्थागत सुधार परियोजना मार्फत न्यायमा पहुँच अभिबृद्धि गर्नका लागि कानुनी सचेतना, कानुनी सहायता र आउटरिच गतिविधिहरुको कार्यान्वयन ए टु जे परियोजना अन्तरगत भएको सो घटना दर्ता कार्यक्रममा चार दर्जन भन्दा बढी महिलाहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा तत्कालै २४ जनाको जन्म दर्ता, ८ जनाको मृत्युदर्ता तथा १३ जनाको विवाहदर्ता भएको परियोजनाका कार्यक्रम संयोजक मनोज कुमार सर्राफले जानकारी दिनुभयो । घटना दर्ता समयमा नहुँदा यसबाट हुने समस्याहरुका बारेमा खासै जनाकारी नभएको झटियाहीका करिब ६० जनामहिलालाई यो कार्यक्रम मार्फत घटना दर्ताको फाइदाबारे जानकारी भएको थियो । सो घटना दर्ता कार्यक्रममा सहभागी भएका महिलाहरुलाई संस्थाका दातृनिकाय यूएनडिपीका कानुनी साहायतामा पहुँच अधिकारी उर्मिला रोक्काले घटना दर्ताको फाइदाका बारेमा जानकारी गराउनु भएको थियो । यो परियोजना अन्तरगत दलित समाज उत्थान समिति नेपालले न्यायिक समितिको कामबाट सेवाग्रहीमा परेको प्रभाव तथा कानुनी सचेतना,न्याय , कानुन तथा सुरक्षा सम्बन्धी आम नागरिकको जनचेतना विकासका क्षेत्रमा काम गरिरहेको परियोजनाका कार्यक्रम संयोजक सर्राफले जानकारी दिनुभयो ।
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
7 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
4 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्