`

डीएनए म्याचपछि निहारिका भन्छिन्- बच्चालाई आफ्नै नाम दिन्छु, नाता कायम स्वीकार्दिनँ

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । लामो समयदेखि न्यायको मागसहित संघर्षरत निहारिका राजपूतले राहतको लामो सास फेरेकी छन्, जब उनको बच्चा र आरोपीको डीएनए म्याच भएको रिपोर्ट सार्वजनिक भयो । तर, अझै पनि उनले उठाएको मुल मुद्दा भने बाँकी नै छ ।निहारिकाले प्रधानमन्त्री निवास बालुवाटारअघि आफ्नो सल फ्याँक्दै प्रदर्शन गरेको केही घण्टाभित्रै जनकपुर उच्च अदालतमा पुगेको डीएनए रिपोर्टको नतिजा सार्वजनिक भएको थियो । अनि, त्यही दिन उच्च अदालतले निहारिकाको मुद्दाको पेशी आगामी २५ गतेका लागि तोकेको छ । पेशी तोक्न ढिलाइ भएकोमा पनि निहारिकाले असन्तुष्टि व्यक्त गर्दै आएकी थिइन् ।निहारिकाको बच्चा र आरोपीको डिएनए म्याच हुनु भनेको उनीहरु बाबु-छोरा भएको नाता प्रमाणित हुनु हो । आरोपी शिवराजले निहारिकाले जन्माएको बच्चा आफ्नो नभएको दाबी गर्दै आएका थिए । डीएनए रिपोर्टले उनको दाबी गलत र निहारिकाको दाबी सही ठहरिएको छ । तर, निहारिकाले भनेजस्तै यो रिपोर्टले शिवराजलाई ‘बलात्कारी’ ठहर भने गर्दैन । त्यसको निरोपण उच्च अदालतले गर्नुपर्ने हुन्छ ।

निहारिकाले आफूमाथि शिवराजले बलात्कार गरेर बच्चा जन्मिएको भन्दै शिवराजविरुद्ध जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेकी थिइन् । तर, अदालतले बलात्कार नभएको निस्कर्ष निकाल्दै शिवराजलाई सफाइ दिएको थियो । उक्त फैसलाविरुद्ध निहारिकाले उच्च अदालतमा पुनरावेदन गरेकी हुन् । यदि जिल्ला अदालतको फैसलालाई नै सदर गरेर उच्च अदालतले फैसला सुनायो भने शिवराजले सजायबाट उन्मुक्ति पाउनेछन् ।निहारिकाले भनेजस्तो बलात्कार ठहर्‍याउनका लागि अदालतलाई डीएनए रिपोर्ट मात्रै पर्याप्त हुँदैन । अन्य प्रमाणहरुले सपोर्ट गर्नुपर्छ । अदालतले बलात्कार नठहर्‍याएर डीएनए रिपोर्टको आधारमा नाता प्रमाणित गरिदिन सक्छ । नेपालको कानूनअनुसार यदि कुनै पनि महिला र पुरुषले. सहमतिमा राखेको सम्बन्धबाट बच्चा जन्मिएमा स्वतः उनीहरू श्रीमान्-श्रीमती हुन्छन् ।तर, निहारिका भने कुनै पनि हालतमा शिवराजले सजाय पाउनुपर्ने अडानमा छिन् । उनले श्रीमान्-श्रीमतीका रूपमा नाता प्रमाणित गर्न वा शिवराजबाट अंश पाउनका लागि आफूले मुद्दा नहालेको बताइन् ।उनले नेपाल प्रेससँग भनिन्, ‘यो बलात्कारको मुद्दा हो, त्यसैले डीएनए म्याच भइसकेपछि अपराधीलाई सजाय हुनुपर्छ । न मलाई उसको श्रीमती भएर बस्न मञ्जुर छ, न उसको एक रूपैयाँ अंश मलाई चाहिन्छ ।’

उनले आफूबाट जन्मेको बच्चालाई आफ्नै नाम दिनका लागि अर्को संघर्ष गर्ने पनि बताइन् ।‘सुरुमा मेरो लडाइँ भनेको अपराधीलाई सजाय दिलाउनका लागि हो । त्यो पूरा भइसकेपछि म आफ्नो बच्चाको हक-अधिकारका लागि संघर्ष गर्छु । बच्चालाई आफ्नो नाम दिलाएर छोड्नेछु,’ उनले भनिन् ।निहारिकाका अनुसार डीएनए म्याचपछि शिवराजको परिवारले उनलाई विवाह गरेर बुहारीका रूपमा घरमा भित्र्याउने हल्ला चलाइरहेका छन् । तर, आफू कुनै पनि हालतमा बुहारी बनेर ‘बलात्कारी’ को घरमा नजाने उनले बताइन् ।साभार : नेपाल प्रेस

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले