`

आन्तरिक पर्यटन प्रवद्र्धन गर्न संघ सहकार्य गरिरहेको छ : महासेठ

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम १४ गते कार्तिक । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न आन्तरिक स्रोत साधनकोलागि जनकपुरधाम उद्योग वाणिज्य संघले सरोकारबलाहरु संग सहकार्य गरिरहेको अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभएको छ ।सोसाइटी अफ ट्राभल एण्ड टुरिज्म अपरेटर्स नेपाल(सोटो)का पदाधिकारीहरुको आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले भएको जनकपुरधामअवलोकन भ्रमणको क्रममा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष महासेठले जनकपुरधाम उपमहानगरपालिका र बृहत्तर जनकपुर क्षेत्र विकास परिषद लगायतका सारोकारबलाहरु संग सहकार्य भईरहेको बताउनु भयो । जनकपुरधाममा आउने पर्यटकहरुले औल्याएको कमिकमजोरीहरुलाई हटाई पर्यटन प्रबद्र्धन गर्न लागेको बताउनु भयो । जनकपुरधाममा हुने पर्वहरु मध्ये परिक्रमा बासालाई पर्यटकीय रुपमा विस्तार गरे यहाँ आउने पर्यटकहरुलाई रोक्न सकिने बताउनु भयो । यसका लागि परिक्रमा बासा पर्ने पालिकाका प्रमुखहरुको एउटा फोरम तयार गर्न लागेको जानकारी दिनुभयो । सो कार्यक्रममा बोल्दै बृहत्तर जनकपुर क्षेत्र विकास परिषदका अध्यक्ष सितल साहले विवाहपञ्चमीका दिन देखि दैनिक साँझ एक घण्टा लाइटिङ शो गर्न लगेको बताउदै यसले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने बताउनु भयो । सोटोका अध्यक्ष नारायण पराजुलीले आन्तरिक पर्यटन प्रवद्र्धनका लागि विभिन्न ठाउँका मेयरहरुलाई जनकपुरधाममा बोलाउदा पनि यहाँको पर्यटन व्यवसायमा बृद्धि हुने तर्क दिनु भयो । छठ पर्वको अवसरका जनकपुरधामको अवलोकन गर्न आएका सोटोका पदाधिकारीहरुलाई संघका पुर्व अध्यक्षनिर्मल चौधरीले स्वागत गर्दै आन्तरिक पर्यटन विकासले आर्थिक समृद्धि हुने बताउनु भयो । अगामी दिनमा पनि सोटोका पदाधिकारीहरुले सपरिवार जनकपुरधाम आउन संघका वरिष्ठ उपाध्यक्ष मनिष रमन साहले आग्रह गर्नुभएको थियो । जनकपुर अवलोकन भ्रमणमा आएका सोटोका टोलीलाई यहाँको छठ पर्वको अलोकनका साथै गंगा आरतीमासमेत सहभागी गराइएको थियो ।

 

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

7 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले