महोत्तरीको भंगहामा लगाइएको कर्फ्यू कायमै
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa

महोत्तरी। महोत्तरीको भंगहा नगरपालिका-८ मा दुई समुदायबीच झडप तनावग्रस्त बनेपछि प्रशासनले जारी गरेको कर्फ्यू कायमै राखिएको छ।जिल्ला प्रशासन कार्यालय महोत्तरीले बिहीबार दिउँसो ४ बजेदेखि अर्को आदेश नभएसम्मका जारी गरिएको कर्फ्यू अझै कायमै राखिएको हो। स्थिति नियन्त्रणमा लिन अनिश्चितकालिन कर्फ्यू कायमै राखिएको प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडीले जानकारी दिएका छन्।कफ्र्यू आदेशको वर्खिलाप भएमा कानून बमोजिम कडा कारवाही हुने चेतावनी समेत हिजो अपरान्ह देखी कर्फ्यू आदेश दिइएको थियो। जिल्लाको दक्षिण क्षेत्रमा पर्ने पररियाको सम्पूर्ण क्षेत्र, उत्तर पूर्व ब्रम्हस्थान पररिया र उत्तरमा धर्मपुर भन्दा दक्षिणको भाग, पूर्वमा लोहारपट्टी नपा वडा नं १ बगडा चौक र पश्चिममा इलाका प्रहरी कार्यालय, लोहारपट्टी नजिकको पुलसम्म कर्फ्यू आदेश जारी गरिएको छ।हिन्दू सम्राट सेनाले शोभायात्रा निकालेको बेला अर्का समुदायका व्यक्तिहरु पत्थरबाजी गरेपछि झडप सुरु भएको महोत्तरी प्रहरीले जनाएको छ।
स्थिति नियन्त्रणमा लिन ठूलो संख्यामा रहेका प्रहरीले दर्जनौं सेल आसुग्यांस र हवाई फायरसमेत गर्नुपरेको थियो । तर पनि स्थिति नियन्त्रणमा नआएपछि प्रशासनले बिहिवार अपरान्ह देखी कर्फ्यू आदेश जारी गरेको हो।साभार : डिसी नेपाल
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..
राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..
7 दिन पहिले
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
4 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्