चिनियाँ राष्ट्रपतिले भारतीय प्रधानमन्त्रीलाई पठाए सान्त्वना सन्देश
5 वर्ष पहिले प्रकाशित
Khojkhulasa
बेइजिङ — कोरोना महामारीका कारण थलिँदै भएको भारतलाई चिनियाँ राष्ट्रपति सी चिनफिङले सान्त्वना सन्देश पठाएका छन् ।
शुक्रबार सीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई एउटा सन्देश पठाएर कोरोना महामारीको अवस्थाबारे आफ्नो ऐक्यबद्धता सन्देश पठाएका हुन् । सीले भने, ‘मानव जाति सुखदुःख समान भएको एउटै भाग्य समुदायको हो । सबै मुलुकहरू मिलेर महामारीलाई परास्त गर्नुपर्छ ।’
राष्ट्रपति सीले महामारीको यो कठिन घडीमा भारतलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भारतसँग मिलेर महामारी रोकथाममा सहकार्य गर्ने इच्छा देखाउँदै भारतलाई आवश्यक समर्थन र सहायता गर्न इच्छुक रहेको उल्लेख गरेका छन् । तर सन्देशमा उनले सहयोगको रुपरेखाबारे केही उल्लेख गरेका छैनन् ।
दोक्लाम विवादलगायत अनेक मामिलामा भारत र चीन ठूलो मतान्तरका बढेका सन् २०१८ को अप्रिल २७ र २८ तारिख चीनको हुपेइ प्रान्तस्थित वुहानमा शिखर वार्ता भएको थियो । सो वार्तापछि दुवै देशबीच सम्बन्ध सुधारिएको थियो । सो वार्ताको ३ वर्ष पुगेको सेरोफेरोमा सीले मोदीलाई सम्झिएर सान्त्वना सन्देश पठाउनु अर्थपूर्ण मानिएको छ ।
गत मार्चको अन्त्यतिर विश्व स्वास्थ्य संगठनले भारतमा दुई पटक उत्परिवर्तित भएको कोरोना भाइरस भेटिएको बताएको थियो । पछिल्लो समय संक्रमितको संख्या ३ लाख हाराहारी पुग्ने गरेको छ । श्रीलंकामा पनि कोभिडको नयाँ उत्परिवर्तित भाइरस भेटिएको छ भने बंगलादेशमा लकडाउन गरिरहेको छ । दक्षिण एशियाली मुलुकहरूमा महामारीको कडा प्रतिक्रिया देखापरेको छ।
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..
जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्