जेडीयूका पूर्व अध्यक्ष शरद यादवको निधन
2 वर्ष पहिले प्रकाशित
Khojkhulasa

एजेन्सी । भारतको जनता दल युनाइटेड (जेडीयू) का पूर्व अध्यक्ष तथा पूर्व केन्द्रीय मन्त्री शरद यादवको गुरुग्रामको फोर्टिस अस्पतालमा निधन भएको छ । उनी ७५ वर्षका थिए । शरद यादवकी छोरी तथा कांग्रेस नेतृ सुभाषिनी शरद यादवले ट्वीटबाट उनको निधनको जानकारी दिएकी हुन् ।यादव सन् १९८९ मा वीपी सिंहको सरकारमा मन्त्री रहेका थिए । ९० को दशकको अन्त्यमा उनले अटल बिहारी वाजपेयी नेतृत्वको सरकारमा पनि मन्त्रीको रूपमा काम गरेका थिए । यादव एक प्रमुख समाजवादी नेता थिए जसले ७० को दशकमा कांग्रेसविरुद्ध मोर्चा खोलेर चर्चामा आएका थिए । पछिल्लो केही वर्ष खराब स्वास्थ्यका कारण उनी सक्रिय राजनीतिमा थिएनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यादवको निधनमा दुःख जनाउँदै यादवले आफ्नो लामो सार्वजनिक जीवनमा आफूलाई सांसद र मन्त्रीका रूपमा प्रतिष्ठित गरेको बताएका छन् । त्यस्तै राष्ट्रपति द्रौपदी मुर्मूले पनि यादवको शोक व्यक्त गरेकी छन् ।साभार : रातोपाटी
जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल
शालिनी सिंह पछिल्ला दिनहरुमा धनुषाको जनकपुरधाम उपमहानगरापालिका क्षेत्र राति पनि झलमल्ल हुने गरेका छन् । अहिले ..
4 दिन पहिले
अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा.सुजन भन्छन्– मेर..
कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका..
1 दिन पहिले
प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार पठाइयो
गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक प्रदर्शनपछि पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंसहितका ७ जना प्रति..
1 दिन पहिले
भौतिक मन्त्रालयको बजेटमा सयौँ खुद्रे आयोजना, १ लाखसम्मक..
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा १ लाख रुपैयाँसम्मका दर्जनौं खुद्रे ..
1 दिन पहिले
कमेन्ट गर्नुहोस्