नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूको अध्यक्षमा राजन पोखरेल
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa

दिपक बस्नेत
कात्तिक १३, तामाकोशी ।
नेकपा एमाले तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालूको अध्यक्षमा राजन पोखरेल सर्वसम्मत चयन हुनु भएको छ । आज भएको प्रथम वडा अधिवेसनबाट पोखरेल अध्यक्षमा चयन हुनुभएको हो ।
कमिटीको उपाध्यक्षमा सुवास महत, सचिव कुमार श्रेष्ठ, उपसचिव गीता पोखरेल र इन्द्र बहादुर लकाई रहनु भएको छ । अधिवेसनबाट ३१ सदस्यीय वडा कमिटी गठन गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले बागमती प्रदेश सदस्य तथा जिल्ला कमिटी दोलखाका उपाध्यक्ष नर बहादुर श्रेष्ठले व्यानर खोलेर र पानसमा बत्तिबालेर उद्घाटन गर्नु भएको थियो । श्रेष्ठले उद्घाटन गर्नुभएको कार्यक्रममा युवासँग वडा कमिटी, युथ फोर्स, नेपाल राष्ट्रिय शिक्षक संगठन वडा कमिटी, अखिल नेपाल महिला संघ वडा कमिटी, अखिल नेपाल किसान संघ वडा कमिटी लगाएतका भात्री संगठन गठन गरेको छ । नव निर्वाचित कमिटीलाई कार्यक्रमका प्रमुख अतिथि नर बहादुर श्रेष्ठले सपथ खुवानु भएको थियो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य मेखराज पोखरेल, संजिव खड्का, कुवेर प्रसाद पोखरेल, नेकपा एमाले तामाकोशी गाउँपालिकाका अध्यक्ष नरायण ध्वज खड्का, सचिव होम बहादुर श्रेष्ठ, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..
सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..
6 दिन पहिले
सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..
6 दिन पहिले
कमेन्ट गर्नुहोस्