`

उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्पन्न

9 दिन पहिले प्रकाशित

Khojkhulasa

`


जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचनलाई लिएर विभिन्न शंका उत्पन्न हुन थालेको छ । मतदाता परिचय पत्रमा देखिएको विभिन्न त्रुटीहरुका कारण समस्या उत्पन्न हुन सक्ने व्यपारीहरुले बताएका छन । मतदाता परिचयपत्र लिन पुगेका एक जना मतदातालाई शुरुमा दिईएको परिचय पत्रमा नाम सहि भएपनि फोटो अरुको देखिएपछि त्रुटी सच्याउन निर्वाचन समितिलाई आग्रह गरिएको छ । उनले गुनासो गरेपछि अर्को सच्याइएको परिचयपत्र पनि दिइएको देखाउदै भने । कतिपय आईडी कार्डमा फोटो नै नरहेको पनि भेटियो ।
त्यसरी फोटो अरुको भए कसैको नाममा कसैले पनि मत खसाल्न सक्ने सम्भावना रहेको उनीहरुको भनाई थियो । कुनै परिचय पत्रमा नाम र प्रतिष्ठानको नाम फरक भेटिएको छ भन्ने कुनैमा नाम र फोटो सहितका फरक तथ्य उल्लेख भेटिएपछि गत निर्वाचनको मतगणनामा भएको बिबादको चर्चा चुलिएको छ । महासचिवमा उम्मेदवार रहेका अशोक कुमार चौधरीले उम्मेदवार (आफनो) भाईकै परिचय पत्रमा यस्तो देखिएको बताउदै अरु समान्य व्यापारीको परिचय पत्रमा के होला ? भन्दै प्रश्न गरे । उनले निर्वाचन समितिलाई आग्रह गर्दै भने, ‘अलिकती पनि शंका गर्ने ठाँउ भेटेको खण्डमा यसपालि गारहो हुने स्थिती छ, त्यसैले सावधानी र सचेतना आवश्यक छ । एता निर्वाचन समितिले निर्वाचनको लागि सम्पुर्ण तयारी पुरा गरिएको बताउलै सुरक्षित, मर्यादित निर्वाचन हुनेमा ढुक्क रहन आग्रह गरेको छ ।

`
12 comments