एकीकृत समाजवादीले छोड्यो मधेश सरकार
1 वर्ष पहिले प्रकाशित
Khojkhulasa


नेकपा एकीकृत समाजवादी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ । एकीकृत समाजवादीका तर्फबाट सरकारमा गएका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले पदबाट राजीनामा दिएका हुन् । दुवैजनाले मंगलबार साँझ मुख्यमन्त्री सरोजकुमार यादवको सचिवालयमा राजीनामा पत्र बुझाएका छन् । मुख्यमन्त्री यादव बाहिर भएका कारण सचिवालयमा राजीनामा पत्र बुझाएको लुंगेलीले जानकारी दिइन् ।सरकारबाट बाहिरिएलगत्तै एकीकृत समाजवादीले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ । समाजवादीले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पत्र बुझाउँदै सरकारलाई दिएको समर्थन फिर्ता भएको बताएको हो ।
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..
राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..
3 दिन पहिले
विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..
प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..
5 दिन पहिले
केन्द्रीय कमिटी बैठक एमालेले बोलायो
नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..
5 दिन पहिले
शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्