`

शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुरले विराटनगरलाई ४९ रनले हरायो

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

काठमाडौं । सामिउल्ला शिनवारीको उत्कृष्ट अलराउन्ड प्रदर्शनमा जनकपुर रोयल्सले जारी नेपाल टी–२० लिगमा विराटनगर सुपर किङ्सलाई ४९ रनले पराजित गर्दै चौथो जित निकालेको छ ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरले दिएको १ सय ९० रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४० रनमा सीमित भयो ।विराटनगरको ब्याटिङमा हुसेन टलतले २० बलमा ४ चौका र २ छक्कासहित सर्वाधिक ४२ रनको इनिङ खेले । गौरान्सु शर्माले ३६ बलमा ३ चौकासहित ३३ रन योगदान गरे । ओपनर कप्तान आन्द्रे मकार्थी १४ रनमा आउट हुँदा प्रदीप ऐरी २६ बलमा २ चौका र ३ छक्कासहित ३६ रनमा अविजित रहे ।जनकपुरका शिनवारीले ४ ओभरमा २१ रन खर्चिँदै सर्वाधिक तीन विकेट लिए । ललित नारायण राजवंशीले ४ ओभरमा एक मेडन राख्दै २६ रन खर्चिएर दुई विकेट लिए । मोहमद आदिल अलाम र असन प्रियन्जनले एक विकेट लिए ।टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८९ रनको योगफल तयार पारेको छ ।जनकपुरका लागि शिनवारीले अविजित ७८ रनको इनिङ खेले । उनले ४० बलमा समान ६ चौका र छक्का प्रहार गरे । खडक बोहरा १२ बलमा १ छक्कासहित १५ रनमा अविजित रहे ।कप्तान ट्रेभोन ग्रिफ्त १९ रनमा आउट हुँदा चादविक वाल्टनले २२ बलमा ३ चौका र १ छक्कासहित २९ रन जोडे । सन्दीप जोरा १८ बलमा ४ चौकासहित २० रन बनाएर पभेलियन फर्किएका थिए ।विराटनगरको बलिङमा हुसेन टलत र सूर्य तामाङले समान दुई विकेट लिए । टलतले ४ ओभरमा ३३ विकेट र सूर्यले १६ रन खर्चिए ।यसअघि चार खेलमा समान दुई जित र हारको नतिजामा निकालेका विराटनगरको ४ अंकसहित चौथो स्थानमा छ । यस्तै, जनकपुरले पाँच मध्य चार खेल जित्दै ८ अंक जोडेको छ । जनकपुर तालिकाको दोस्रो स्थानमा छ ।जनकपुरले अर्को खेलमा विराटनगरले आइतबार लुम्बिनी अलस्टार्ससँग र जनकपुरले काठमाडौं नाइट्सँग खेल्नेछ ।आज सम्पन्न पहिलो खेलमा पोखरा एभेन्जर्सले लुम्बिनी अलस्टार्सलाई ९ विकेटले पराजित गर्दै प्रतियोगितामा ७ खेल खेल्दा दोस्रो जित निकालेको थियो ।साभार : नेपाल प्रेस

`
12 comments
जउवा संघको अध्यक्ष पदमा त्रिकोणात्मक प्रतिष्पर्धा

उद्योगी व्यवसायीहरुको हकहित संरक्षणका लागि स्थापित जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि त्रिको..

2 दिन पहिले

एमबीबीएस पढाउँदै मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई चिकित्सा शिक्षा आयोगले एमबीबीएस (चिकित्साशास्त्रमा स्नातक) पढाउन ५० सिट प..

12 घन्टा पहिले