`

सबैलामा निःशुल्क दन्त शिविर सम्पन्न

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम १६ गते पुस । धनुषाको सबैलामा शनिबार भएको निःशुल्क दन्त शिविरमा एक सय ९९ जनाले दाँतको उपचार गराएका हुन । रामसति देवी असर्फीसाह सेवा प्रतिष्ठानको आयोजना तथा समाज सेवा युवा क्लव सबैलाको संयोजनमा भएको सो शिविरको उद्घाटन सबैलाका मेयर कारी यादवले गर्नुभएको छ । अप्पन डेनटल चेम्वर्सको प्राविधिक सहयोगमा भएको सो शिविरमा ६० जनाको विग्रेको दाँत उखेलिएको छ भने अन्य विरामीको औषधी समेत वितरण गरिएको चेम्वर्सका संचालन डा. अजय शाहले जानकारी दिनुभयो । सो शिविरमा डा. शाह लागयत डा. शुमन कर्ण, डा. रंजित राउतले विरामीको उपचार गर्नुभएको थियो । शिविरमा समाज सेवा युवा क्लव सबैलाका दिनेश साह तथा रवि महतोको सक्रिय सहभागिता रहेको थियो । विगतमा सबैला नगरपालिकाका मेयर कारी यादव तथा अप्पन डेन्टल चेम्वर्सका अध्यक्ष डा. अजय शाह विच भएको सम्झौता अनुसार सो पालिकाका दाँत रोगीहरुलाई निःशुल्क दन्त परिक्षण,दाँत झिक्ने सेवा, अस्थाष्यी दाँत राख्ने लगायतका काम गरिने डा. शाहले जानकारी दिनुभयो ।

 

`
12 comments
मोडर्न २८ औं वर्षमा प्रवेश

किशोर मंडल मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री ब..

5 दिन पहिले

आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रद..

5 दिन पहिले