रेल चढ्ने क्रममा किचिएर जनकपुरमा एक युवकको मृत्यु
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


जनकपुरधाम । जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । लिकमा पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाका अनुसार गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको हो ।साभार : नेपाल प्रेस

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
2 दिन पहिले
कमेन्ट गर्नुहोस्