`

रेल चढ्ने क्रममा किचिएर जनकपुरमा एक युवकको मृत्यु

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

जनकपुरधाम । जयनगर-जनकपुर रेल चढ्नेक्रममा किचिएर एक यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको नगराईन नगरपालिका राघवपुरका ३५ वर्षीय पुरन सदाय छन् ।विदेह नगरपालिकाको बैदेही स्टेशनमा रेलमा चढ्ने क्रममा खसेपछि किचिएर उनको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ । लिकमा पुरनको हात काटिनुको साथै टाउकोमा समेत चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।नेपाल रेल्वे कम्पनीका महाप्रबन्धन्क निरञ्जन झाका अनुसार गुडिरहेको रेलमा चढ्न खोज्दा उनको मृत्यु भएको हो ।साभार : नेपाल प्रेस

`
12 comments
जनकपुरधाममा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेविज खोप श..

जनकपुरधाम, वैशाख १३ छाडा कुकुरको संख्या नियन्त्रण तथा रेविज रोग न्यूनीकरण गर्ने उद्देश्यले जनकपुरधाम उपमहानगर..

6 दिन पहिले

जनकपुरधाममा मासुमा ठगी र अस्वस्थकर अभ्यास बढ्दो, उपमहान..

जनकपुरधाम — दिनप्रतिदिन बढ्दै गएको महँगीका बीच उपभोक्ताले गुणस्तरीय वस्तु नपाउने समस्या झन् गम्भीर बन्दै गएक..

3 दिन पहिले