`

फरहानसँग वेब सिरिजमा देखिँदै शबाना

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

मुम्बई। अभिनेत्री शबाना आजमी पुनः एकपटक मूलधारको फिल्ममा कमब्याक गर्दैछिन्। निर्माता करण जोहरको फिल्म ‘रकी और रानीकी प्रेम कहानी’मा अभिनय गरेकी शबाना छोरा फरहानसँग रितेश सिधवानीको एक्सेल इन्टरटेनमेन्टले बनाउन लागेको वेब सिरिजमा सहकार्य गर्न लागेकी हुन्।

यो वेब सिरिजको निर्देशन ‘मार्गरिटा विद ए स्ट्रा’ फेम शोनाली बोसले निर्देशन गर्नेछिन्। सिरिजको लागि शोनालीको पहिलो रोजाईमा शबाना थिइन्। उनले फरहानलाई गरेको प्रस्ताव फरहानले स्वीकारिसकेका छन्। तर, सिरिजका लागि शबानाको समय तालिका मिलाउन केही समस्या देखिएको छ। किनकी शबाना स्टीवन स्पीलबर्गको ‘हेलो सीजन २’मा व्यस्त छिन्।

‘समय नजुधोस् भनेर शबानाले प्रयास गरिरहेकी छन्। शबानाले हेलोमा शोनालीको वेब सिरिजमा जोडिनुअघि नै काम सुरु गरिसकेकी थिइन्। तर, शबाना शोनालीसँग काम गर्न जति उत्साहित छिन्, त्यति नै छोरा फरहानसँग दोस्रो पटक काम गर्न पाउँदा छिन्,’ सिरिजका एक सदस्यले भनेका छन्।

शबानाले यसअघि फरहानका साथ ‘पोजेटिभ’ नामक सर्ट फिल्ममा अभिनय गरेकी थिइन्। यो फिल्मको निर्देशक फरहानले नै गरेका थिए । फिल्ममा उनको को–स्टार बोमन इरानी थिए।साभार : डिसी नेपाल

`
12 comments
मोडर्न २८ औं वर्षमा प्रवेश

किशोर मंडल मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री ब..

1 दिन पहिले

आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रद..

1 दिन पहिले