सन्त गुरुद्वारा शाहरुखको ज्यान लिने धम्की
4 वर्ष पहिले प्रकाशित
Khojkhulasa
मुम्बई। बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘पठान’ माथि भइरहेको विवाद अझै रोकिने छाँटकाट छैन। फिल्मको पहिलो गीत ‘बेशर्म रंग’ रिलिज हुनासाथ गीतमा अभिनेत्री दीपिका पादुकोणले लगाएर बिकिनीको रंगलाई लिएर विवाद सुरु भएको हो।
भारतमा अधिकांश ठाउँमा यो फिल्मलाई प्रतिबन्ध लगाउनुपर्ने माग उठिरहेको छ। शाहरुख र दीपिकासहित फिल्मको टिमका सदस्यविरुद्ध उजुरी पनि पर्न थालेको छ। अब भने फिल्मको विरोध गरिरहेका सन्त जगतगुरु परमहंस आचार्यले शाहरुखलाई जिउँदै जलाउने धम्की दिएका छन्।
‘फिल्म पठानमा भगवा रंगको अपमान गरिएको छ। उनीहरुले हिन्दुको भावनालाई आहत बनाउन यसो गरेका हुन्। पैसा कमाउनका लागि मानिसले धन्दा बनाइसकेका छन्। यसकारण हामीले शाहरुख खानको पोस्टर जलायौं र म शाहरुख खानलाई खोजिरहेको छु। जुन दिन उसलाई भेट्छु, त्यो जिहादीको छाला तासेर जिउँदै जलाउँछु’, उनले भनेका छन्।
उनले आफ्ना मानिसहरुले शाहरुखलाई मुम्बईमा खोजिरहेको खुलाउँदै कोहीले शाहरुखलाई जिउँदै आफ्नो अगाडि ल्याए उसको परिवारलाई आर्थिक मद्दत गर्ने बताएका छन्। आचार्यले शाहरुखलाई भगवासँग घृणा भएको भए उनको धमिनीमा बग्नेवाला रंग पनि भगवा नै रहेको दाबी गरेका छन्।
‘भगवाको बिना कसैको अस्तित्व सम्भव छैन। सूर्यको रंग भगवा, अग्निको रंग भगवा, भगवा शान्तिको प्रतीक हो र सबै सनातन धर्म मान्नेका लागि आन बान शान भगवा हो। भगवाको अपमान असह्य हुनेछ’, उनले भनेका छन्।
उनले शाहरुखले आफ्नो धर्म इस्लामप्रति कुनै वेबसिरिज र फिल्म नबनाएकाले उनलाई हलाला, तीन तलाक र पैगम्बर मुहम्मदको जीवनमा आधारित फिल्म बनाउन चुनौती दिएका छन्।साभार : डिसी नेपाल
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका
पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..
4 दिन पहिले
मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..
4 दिन पहिले
कमेन्ट गर्नुहोस्