फिफा विश्वकप २०२२ को फाइनलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दै
3 वर्ष पहिले प्रकाशित
Khojkhulasa


काठमाडाैं। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनलमा आज फ्रान्स र अर्जेन्टिना उपाधिका लागि भिड्दैछन्। गत बुधबार राति भएको दोस्रो सेमिफाइनल खेलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको हो।
साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २-० ले हराएको हो। अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३-० ले हराएको थियो।
फ्रान्स र अर्जेन्टिनाबीचको फाइनल खेल लुसिल स्टेडियममा नेपाली समयअनुसार आज राति ८:४५ बजे सुरु हुनेछ । हालसम्म फ्रान्स र अर्जेन्टिनाले समान दुई-दुई पटक विश्वकपको उपाधि हात पारिसकेका छन्।साभार : डिसी नेपाल

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..
5 दिन पहिले
कमेन्ट गर्नुहोस्