`

मतदाताले विस्वास गरेका महिला नेतृत्व

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

बटुकनाथ झा, जनकपुरधाम १६ गते मंसिर | गत मंसिर ४ गते भएको प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि धनुषा लगायत देशभरी सम्पन्न निर्वाचनको मतपरिणाम आईसकेका छन् । यस मतपरिणामलाई हेर्दा संसद भवनमा धेरै नयाँ अनुहार हेर्नमा आएको छ । ती नयाँ अनुहारहरुमा महिला नेतृत्वले पनि आफ्नो स्थान बनाउन सफल भएका छन् । पार्टीहरुले टिकट वितरणमा संबिधानको मर्म विपरित महिला नेतृत्वलाई स्थान नदिएको पिडा उहाँहरुमा छदैछ । तर, टिकट पाएका महिला नेतृहरुलाई मतदाताले विस्वास गरेको सहजै हेर्न सकिन्छ । धनुषा जिल्लामा पार्टीका टिकट पाएका उम्मेदवारहरुको भिडमा एमाले नेतृ जुलीकुमारी महतोले झण्डै १० हजारको फराकिलो अन्तरालमा पाँच दलिय गठबन्धबार उम्मेदबार अनिल कुमार झालाई पराजीत गरी धनुषा ३ मा जीत हासिल गर्नुभएको छ । उहाँलाई जितको स्वाद चाख्न पार्टीका समर्थक तथा जातीको जवरदस्त समर्थन भएपनि धनुषा ३ का महिलाहरुले उनको पक्षमा मतदान गरेकाले नै जित हासिल भएको विश्लेषकहरुको भनाई छ । अधिकांश मतदान केन्द्रमा पुरुष भन्दा बढी महिला मतदाताले मतदान गरेको धनुषा जिल्लाको ३ नं. क्षेत्रमा महिला नेतृत्वलाई महिलाले सहयोग गरेको देखिन्छ । यदी जुली महतोलाई अधिकांश महिलाहरुले मतदान गरेको छ भने पक्कै पनि यो महिला शसक्तिकरणको एक सुरुवात हो । भनिन्छ जसको सवाल उसको प्रतिनिधित्व । अहिले पनि पुरुषको तुलनामा महिलाहरु धेरै पछाडी रहेको हाम्रो समाजमा ४० वर्ष पछि मतदानबाट महिला निर्वाचित हुनु शुभ संकेत रहेको छ । यद्यपी चुनावको क्रममा भएको मतको किनबेच आफ्नो स्थानमा छदैछ । सम्पतीमा पुरुषको तुलनामा महिलाको अधिकार कम रहेको कारण चुनावमा महिला उम्मेदवार आर्थिक आभावको कारण हिम्मत नगर्नु विडम्बाना रहेको वर्तमान परिवेशमा आर्थिक सम्पन्नताका कारण महतोलाई चुनावमा खर्चगर्न अरुको मुख हेर्नुपरेन । माण्डवीले संचालन गरेको शि लिड्स परियोजना अन्तरगत निर्वाचित जनप्रतिनिधिहरुको नेतृत्व विकास गरी समाजमा महिलाको नेतृत्व विकास गर्ने उद्देश्यलाई वर्तमान चुनावी परिणामले सहयोग गरेको जस्तो लाग्छ । धनुषा जिल्लामा पार्टीले टिकट दिएका महिलाहरु मध्ये मात्र जुलीकुमारी महतोले जित हासिल गर्नुभएको छ । त्यस्तै महोत्तरीमा पार्टीले टिकट दिएका महिला नेतृहरु दोस्रो कार्यकालका लागि प्रदेश सभामा निर्वाचित हुनुभएका छन् । साथै पार्टीले नप्रत्याएपछि आफुले गत पाँच वर्षमा प्रदेशसभा सदस्यको रुपमा क्षेत्रमा गरेको विकास निर्माणको कामको आधारमा बागी उम्मदेवारी दिएर स्वतन्त्र रुपमा महोत्तरी २ को ख बाट निर्वाचित हुनुभएका सुरिता साह हुन । प्रतिनिधिसभा र प्रदेशसभा २०७९ को चुनावमा नेपाल अधिराज्य भरिमा स्वतन्त्र रुपमा प्रत्यक्षतर्फ प्रतिनिधिसभामा ५ जना, प्रत्यक्षतर्फ प्रदेशसभामा मधेश प्रदेशमा ६ जना, गण्डकी प्रदेशमा १ जना, लुम्बिनी प्रदेशमा ३ जना, कर्णाली प्रदेशमा १ जना र त्यसैगरी सुदूरपश्चिम प्रदेशमा १ जना गरि जम्मा १७ जना निर्वाचित भएको छ । स्वतन्त्र रुपमा निर्वाचित १७ जना मध्ये एकजना मात्र महिला उमेदवार प्रदेशसभा सदस्य पदमा सुरीता साह महोत्तरी निर्वाचन क्षेत्र नम्बर २÷ख बाट ८५६८ मत प्राप्त गरि विजय हुनुभएको छ । उहाँ महिला नेतृभएर विगतमा क्षेत्रमा गरेको कामको आधारमा बागी उम्मेदवारी दिनुभएको थियो । गठबन्धन र पार्टी नप्रत्याएका सुरितालाई महोत्तरीका २ को ख का मतदाताले पत्यार फेरी विकासको लागि महिला नेतृत्व स्विकारेका छन् । सुरिता साह संगै विगतमा लोकतान्त्रिक समाजवादी पार्टीका प्रभावशाली महिला नेतृ रानी शर्मा पनि दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । पाँचदलिय गठबन्धनको तर्फबाट टिकट पाएकी शर्मालाई फेरी जनताले चुने । उहाँ संगै महोत्तरीकै क्षेत्र नं. १ को कबाट शारदा देवी थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । उहाँको कार्यको मुल्यांकन गरी महोत्तरी १ को क का जनताले निर्वाचित गरेका हुन । यसरी महोत्तरीका ३ जना महिला नेतृलाई चुनावमा जनताले दोस्रो कार्यकालका लागि प्रदेश सभामा छनोट गरेको र धनुषामा एक चौथाई सिटमा प्रतिनिधि सभाका लागि महिला नेतृत्व स्विकार गरेको पक्कै पनि महिला अधिकार र नेतृत्वको प्रतिस्प्रधामा शुभ संकेत देखिन्छ । स्वीस सरकार विकास सहयोग एसडीसी तथा अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा आईएफईएसको प्राविधिक सहयोगमा माण्डवीले धनुषा र महोत्तरीको विभिन्न पालिकाहरुमा निर्वाचित महिला जनप्रतिनिधिहरुलाई नेतृत्व विकास सम्बन्धी विभिन्न चरणको प्रशिक्षण दिई महिला नेतृत्व सवल बनाउन गरिरहेको प्रयासका बिच भएको यो निर्वाचनमा धनुषा र महोत्तरीमा महिला नेतृत्वलाई संघ र प्रदेश सभाका लागि मतदाताले विश्वास गरी निर्वाचित गराउनु महिलाको नेतृत्वलाई अब पुरुष वर्गले स्विकार गर्न थालेको स्पष्ट देखिन्छ ।

`
12 comments