`

विश्वकप क्रिकेटको उपाधिका लागि पाकिस्तान र इंग्ल्याण्ड भिड्दै

4 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

आईसीसी टी– २० विश्वकप क्रिकेटको उपाधिका लागि आज पाकिस्तान र इंग्ल्याण्ड भिड्दैछन् । अष्ट्रेलियामा जारी प्रतियोगिताको फाइनल  मेलवर्न क्रिकेट ग्राउण्डमा सुरु हुनेछ ।  मैदान उत्रदैगर्दा दुबै टोली उपाधि घर लैजाने दाउमा हुनेछन् ।पाकिस्तानले सेमिफाइनलमा न्युजिल्याण्डलाई ७ विकेटले पराजित गर्दै फाइनल पुगेको थियो । इंग्ल्याण्डले भारतलाई १० विकेटले हराएर उपाधि नजिक पुगेको हो । दुवै पूर्व विजेता हुन् । यी दुई टोलीले तेस्रो पटक टी– २० विश्वकप फाइनल खेल्दैछन् । यसअघि पाकिस्तान र इंग्ल्याण्डले एक–एक पटक उपाधि जित्दा एक–एक पटक फाइनलमा पराजित भएका छन् ।  अहिलेसम्म ७ पटक टी– २० विश्वकप हुँदा वेष्ट इन्डिजले २ पटक जितेको छ भने पाकिस्तान र इंग्ल्याण्डसँगै भारत, श्रीलंका र अष्ट्रेलियाले समान १ पटक उपाधि जितेका छन् । साभार : कोसी अनलाइन

`
12 comments
५० प्रतिशतभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

पाल्पामा सम्बन्ध विच्छेद गर्नेको संख्या प्रत्येक वर्ष बढ्दै गएको छ । जिल्ला अदालत पाल्पामा दर्ता भएकामध्ये आध..

5 दिन पहिले

मधेसी दलितको प्रतिनिधिसभामा एक जनाको पनि प्रतिनिधित्व ..

आम जनता पार्टी (आजपा) का अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको भनिए पनि ..

5 दिन पहिले