`

ज्याकलिन फर्नान्डिसलाई अदालतले सोध्यो, ‘करोडौँ रुपैँया कहाँ गयो ?’

2 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

एजेन्सी । मनी लन्ड्रिङ केसमा ज्याकलिन फर्नान्डिसबारे बिहिबार ठूलो निर्णय हुने बताइएको छ । भारतमा दिवाली अघि अदालतले ज्याकलिनलाई २०० करोडको ठगी आरोपमा १० नोभेम्बरसम्म समय दिएको थियो । बिहिबार दिल्लीको पाटियाला कोर्टमा यसबारे सुनुवाई चलिरहेको छ । उनीबारे आजै अदालतमा निर्णय सुनाइनेछ ।

के ज्याकलिनले पाउनेछिन् जमानत ?

प्रवर्तन निर्देशनालयले अदालतमा ज्याकलिनको जमानत याचिकाको विरोध गरेको थियो । प्रवर्तन निर्देशनालयले नायिकाले अनुसन्धानका बेला सहयोग नगरेको बताएको थियो । प्रमाण भेटिएपछि नै ज्याकलिनले स्विकारोक्ति दिएकी छिन् । ज्याकलिनलाई सुकेश चन्द्रशेखर ठग भएको राम्रोसँग थाहा भएको इडीले बताएको छ । इडीका अनुसार ठगबारे थाहा पाउँदा पाउँदै पनि उनले सुकेशबाट महँगा उपहार लिइरहिन् ।

मनी लन्ड्रिङ मुद्दामा ज्याकलिन दिल्लीको पटियाला अदालत पुगेकी छिन् । उनीबाहेक सुकेशकी निकट पिंकी इरानी पनि अदालत पुगेकी छिन् ।

ज्याकलिनले दिइन् स्पष्टिकरण

अदालतमा सुनुवाईका बेला ज्याकलिनका वकिलले उनले अनुसन्धानमा पूर्ण सहयोग गरिरहेको बताए । यसबाहेक इडीले ज्याकलिनमाथि देश छोडेर भाग्न खोजेको आरोप लगाए, त्यसलाई पनि उनले निराधार बताए । ज्याकलिनका वकिलले नायिकाले आफैँ अदालतमा आत्मसमर्पण गरेको बताए ।

इडीको वकिलपछि अब नायिकाका वकिलले आफ्नो जवाफ दिइरहेका छन् । अदालतले ज्याकलिनलाई करोडौँ रुपैयाँ कहाँ गयो भनेर सोधे । एक भारतीय सञ्चार माध्यमका अनुसार इडीका वकिलले आरोप लगाउँदै भने, ‘हामीले जीवनभरी एकैपटक ५० लाख देखेका छैनौँ तर ज्याकलिनले ७.१४ करोड भारु मोजमस्तीमा नै उडाइन् । ’

सुकेशसँगको प्रेममा थिइन् ज्याकलिन

ठगीको आरोप लागेका सुकेश चन्द्रशेखरसँग नाम जोडिएपछि सोसल मिडियामा ज्याकलिन र सुकेशका केही नीजि तस्बिर पनि भाइरल भएको थियो । तस्बिरमा ज्याकलिन र सुकेशबीचको प्रेम स्पष्ट रुपमा झल्किरहेको थियो । ज्याकलिन सुकेशसँग विवाहको सपना देखिरहेको पनि बताइएको छ । ज्याकलिनले आफ्ना साथीहरुलाई आफूले सपनाको राजकुमार पाइसकेको पनि बताएकी थिइन् ।साभार : रातोपाटी

`
12 comments
मोडर्न २८ औं वर्षमा प्रवेश

किशोर मंडल मधेश प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिका वडा नं. १ वकिल टोलस्थित मोडर्न ईंङ्खलिस सेकेन्ड्री ब..

1 दिन पहिले

आज सार्वजनिक बिदा

कर्णाली प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ । असोज शुक्ल पूर्णिमा (कोजाग्रत पूर्णिमा) को दिन प्रद..

1 दिन पहिले