`

तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा नेकपा एमालेका उमेदवार बसन्त थापाको प्यानल नै विजयी

3 वर्ष पहिले प्रकाशित

Khojkhulasa

`

दिपक बस्नेत  
जेष्ठ १, तामाकोशी ।
दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर १ भिरकोटमा नेकपा एमालेका उमेदवार बसन्त थापाको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षका उमेदवार बसन्त थापाले ७ सय १९ मत प्राप्त गरि विजयी हुनु भएको हो भने प्रतिस्पर्दी उम्मेद्धार नेपाली कांग्रेसका राम्जी खड्काले ४ सय ७७ मत पाउँनु भएको छ । यस्तै अर्का पतिस्पर्दी नेकपा माओवादी केन्द्रका उमेदवार सुरेश उप्रेतीले २ सय ३३ मत प्राप्त गर्नु भएको छ ।
तामाकोशी गाउँपालिकाका नेकपा एमाले अध्यक्षका उमेदवार अभिषेक सुवेदीले वडा नम्बर एक भिरकोटबाट ६ सय ६४ मत प्राप्त गर्नुभएको छ भने एमालेकै उपाध्यक्ष उमेदवार अम्विका पोखरेलले ६ सय ६९ मत प्राप्त गर्नु भएको छ । यस्तै गठबन्धनका अध्यक्षका उमेदवार नेकपा एकीकृत समाजवादीका प्रोण प्रताप के.सी. ले ६ सय ३ मत प्राप्त गर्नु भएको छ भने उपाध्यक्षका उमेदवार नेपाली कांग्रेसका सृजना सुवेदीले ५ सय १५ मत प्राप्त गर्नु भएको छ ।
गाउँपालिका अध्यक्षका उमेदवार राप्रपाका दिपक कालिकोटेले १३ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्षका लागि १२ मत परेको छ । राप्रपा वडा अध्यक्षका लागि १३ मत परेको छ । पुतलीमा पालिका उपाध्यक्षका लागि ८९ मत खसेको छ । यस्तै छाता चिन्ह भएका उमेदवारले अध्यक्ष उपाध्यक्षले ७ मत प्राप्त गर्नु भएको छ ।  

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

8 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

5 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

5 दिन पहिले