`

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

13 दिन पहिले प्रकाशित

Khojkhulasa

`

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।  यो विधेयक संघीय संसद्को दुवै सदनबाट पारित भएर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको थियो ।स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन अनुसन्धान गर्न सरकारले विधेयक ल्याएको हो । शिक्षामन्त्री राईका अनुसार स्वास्थ्यका जनशक्ति स्वदेशमै उत्पादन गरी स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले विधेयक ल्याइएको हो ।विधेयकमा नेपाल सरकारले चिकित्सा शिक्षा अध्ययन अध्यापन गराउनको लागि चिकित्सा शिक्षा विश्वविद्यालय स्थापना र सञ्चालन गर्न सक्ने व्यवस्था गरिएको छ ।सरकारले कैलालीको गेटामा रहेको गेटा मेडिकल कलेजको संरचनामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

3 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले