`

जेठमा ३६ फिल्मलाई निर्माण इजाजत, ५२ करोड लगानी निश्‍चित

13 दिन पहिले प्रकाशित

Khojkhulasa

`

जेठ महिनामा चलचित्र विकास बोर्डले ३६ फिल्मलाई निर्माण अनुमति प्रदान गरेको छ । यो संख्या हेर्दा फिल्म निर्माण हुने संख्यामा अघिल्लो वर्षभन्दा वृद्धि हुने देखिन्छ । प्रदीप खड्कालाई शीर्ष भूमिकामा लिएर थमनकुमार भण्डारीले ‘लोभीपापी’ फिल्म निर्माण गर्नेछन् । यसको बजेट २ करोड ३० भनिएको छ । मरिचमान श्रेष्ठ ‘बल्छीधुर्बे’ले आफ्नो निर्देशन र निर्माणमा फिल्म ‘गोबर गणेश’ बनाउने भएका छन् । पुजन घिमिरे पुकुलाई लिएर उनले २ करोडको बजेटमा फिल्म बनाउनेछन् ।किरण नेपालीले २ करोड ९० लाखको बजेटमा फिल्म ‘महारानी’ बनाउनेछन् । यसको निर्देशन मुस्कान ढकालले गर्ने जनाइएको छ । ‘पूर्णबहादुरको सारंगी’का निर्माता प्रतीक सुवेदी ‘प्याट्रिक’ले २ करोडको बजेटमा फिल्म ‘पाण्डेको वान डे’ बनाउनेछन् । यो फिल्मबाट पटकथाकार महेश दवाडीले डेब्यु गर्दैछन् ।वरिष्ठ चिकित्सक तथा गीतकार भोला रिजालका छोरा कपिलले दोस्रो फिल्म ‘छलकपट’ निर्देशन गर्नेछन् । यसको बजेट २ करोड ५० लाख तय छ ।भुवन केसीले २५ लाखमा अनमोल केसीलाई लिएर ‘बाटुलो जुन’ निर्देशन गर्नेछन् । यसको निर्माण उनकी प्रेमिका जियाले गर्नेछिन् । यो फिल्ममा अनमोल र प्रिन्सी खतिवडा कलाकारमा तय छन् ।नीता ढुंगानाले २ करोड बजेटको ‘एक दुई तीन’ र २ करोड १० लाख बजेटको ‘सुखदुःख’ बनाउनेछिन् ।गणेशदेव पाण्डेले ३ करोड बजेटको ‘पारी बुटोल’ निर्देशन गर्नेछन् । चेतन आङथुपोले १ करोड १० लाख ‘दारासिङ’ बनाउनेछन् ।प्रचण्डमान श्रेष्ठले ५७ लाखको फिल्म ‘जयन्ती’ र ६३ लाख बजेटको ‘पथलैया’ निर्माण एवं निर्देशन गर्नेछन् । सवीन श्रेष्ठले १ करोडमा पथलैया बनाउनेछन् ।केकी अधिकारीले दुई फिल्म ‘भद्रकाली’ र ‘राधापियारी’को लागि निर्माण इजाजत लिएकी छन् । पछिल्लो फिल्मको बजेट ४२ लाख ५० हजार भनिएको छ ।५ करोड ४० लाखको बजेटमा अरुण स्याङ्तानले फिल्म ‘तथास्तु’ निर्माण गर्ने भएका छन् । पूजना गुरुङले २ करोड बजेटको फिल्म ‘क्याप्टेन कालिका’ निर्देशन गर्ने भएकी छन् ।१ करोड २० लाखको बजेटमा भवानी संग्रौलाले ‘आहुति २’ निर्माण र निर्देशन गर्ने भएका छन् । यो फिल्मबाट मोडल अञ्जली अधिकारीले डेब्यु गर्दैछिन् ।आशीर्वाद क्षेत्रीलाई शीर्ष भूमिकामा लिएर कृष्ण विकले १ करोड ६५ लाख रुपैयाँमा फिल्म ‘गैरीखेत’ निर्देशन गर्ने भएका छन् ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

3 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

5 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

5 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

5 दिन पहिले