`

संसद्‌मा सुमनाको योगासन

15 दिन पहिले प्रकाशित

Khojkhulasa

`

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू प्रतिनिधिसभाको बैठकमा वेल घेराउमा छन् । कहिले नाराबाजी त कहिले मौन रहेर वेल घेरा उगर्दै आएका उनीहरू कहिले उठ्छन् त कहिले पलेटी कसेर बस्छन् ।

यसक्रममा सांसद सुमना श्रेष्ठ योग आसनमा झैँ वेलमा बसिरहेकी छन् । आँखा चिम्लेर केही ध्यान गरे जस्तो गर्दै उनले संसद्‌मा विरोध जनाइरहेकी छ्न् । 

रास्वपा भिजिट भिसा प्रकरणमा संसदीय छानबिन वा उच्चस्तरीय छानबिन आयोग बन्नुपर्ने अडानमा छ । नैतिकताको आधारमा गृहमन्त्री रमेशले लेखकले राजीनामा दिनुपर्ने पनि उनीहरूको माग छ ।

यही माग राखेर गत जेठ १३ गतेदेखि प्रतिपक्षी दलहरूले प्रतिनिधिसभाको बैठक अवरोध गरेका थिए । तर, जेठ ३० गते सत्तापक्षसँग २ बुँदे सहमति गरेर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रतिनिधिसभाको कामकारबाहीमा सहभागी भएको छ । तर, रास्वपा भने आन्दोलनमै छ ।

प्रमुख प्रतिपक्षी दल सहमतिमा आएपछि रास्वपाको विरोधलाई वेवास्था गर्दै प्रतिनिधिसभाको कामकारबाही अगाडि बढेको छ । प्रतिपक्षमै रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि प्रतिनिधिसभाको बैठक बहिष्कार गर्दै आएको छ ।

प्रतिपक्षी दलको विरोधका बीच सभा सञ्चालन गरेको भनेर संसद्‌मा कतिपयले प्रश्न उठाइरहेका छन् । तर, सभामुखले त्यस्तो आग्रह सुनिरहेका छैनन् ।

नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला एउटा दल वेल घेराउ र नाराबाजीमा रहेका बेला सदन चलाउने अभ्यासले निरन्तरता पाउनु उचित ठान्दैनन् । यसले कस्तो नजिर राख्छ भन्ने चिन्ता लागेको उनले सुनाए ।

‘प्रतिपक्षी दलका सांसदहरू वेल घेराउ र नाराबाजीमा हुनुहुन्छ । हामी संसद् चलाइरहेका छौं । यो कस्तो परम्परा हामी बसाल्दै छौं ?’ रोष्ट्रमबाटै सांसद ज्वालाले प्रश्न गरे ।

सांसद ज्वाला बजेटमाथिको छलफलमा बोल्न रोष्ट्रम पुगेका हुन् । तर, उनले सुरुमै अवरोधकाबीच संसद् चलाइएको भनेर असन्तुष्टि जनाए ।

संसदीय अभ्यास र परम्पराले यस्तो गर्न नदिने उनको बुझाई छ । ‘हाम्रो संसदीय अभ्यास र नियमावली विपरित यो खालको तरिकाले संसद् चलाउनुलाई दुःखद रुपमा लिन सकिन्छ’ सांसद ज्वालाले भनेका छन् ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

3 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

5 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

5 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

5 दिन पहिले