`

सभामुखले रोकेनन् बैठक , रास्वपा सांसदले गरे वेल घेराउ

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

विरोधका बीच सभामुख देवराज घिमिरेले संसद बैठक सन्चालन गरेपछि रास्वपा सांसदहरुले वेल घेराउ गरेका छन् । उनीहरुले गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने र मानव तस्करी बन्द गर्नुपर्ने मागसहित नारा लगाइरहेका छन् ।

भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखक समेत मुछिएको भन्दै उनले राजीनामा दिनुपर्ने माग राखेर रास्वपा र राप्रपाले संसदमा अवरोध गरेका हुन् । तर सभामुखले त्यसलाई बेवास्ता गर्दै बजेटमाथिको छलफल अघि बढाएपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरेका हुन् । 

सभामुख देवराज घिमिरेले बैठक सुरु भएको जानकारी गराएलगत्तै रास्वपा र राप्रपाका सांसदहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । त्यसपछि सभामुख घिमिरेले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भनाइ राख्न समय दिएका थिए ।

लिङ्देनले जबर्जस्ती बैठक सन्चालन नगर्न सभामुखलाई आग्रह गरेका थिए । यदि बैठक सन्चालन गरे बहिस्कार गर्ने र बहिस्कार गरेको दिन बैठक भत्ता नलिने जानकारी पनि उनले गराए । 

लिङ्देनपछि सभामुख घिमिरेले रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई बोल्न समय दिए ।  परियारले पनि बैठक जबर्जस्ती सन्चालन नगर्न माग गरे ।

तर सभामुख रोकिएनन् । उनले बजेटमाथिको छलफलका लागि कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीलाई समय दिएका छन् ।

`
12 comments
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..

5 दिन पहिले