`

करोडभन्दा कमका योजना नल्याउने निर्णय गरेको मधेश सरकार १० लाखसम्मका ल्याउँदै

16 दिन पहिले प्रकाशित

Khojkhulasa

`

मधेश सरकारले विगत वर्षहरू झैं खुद्रे योजना समावेश गरेर बजेट ल्याउने भएको छ । आज मधेश सरकारले प्रस्तुत गर्न लागेको बजेटमा १० लाखसम्मका पनि योजना समावेश भएको स्रोतले अनलाइनखबरलाई जानकारी दिएको छ ।

जबकी मधेश सरकारले आगामी आर्थक २०८२/०८३ मा एक करोड भन्दा कमका योजना नल्याउने निर्णय गरेको थियो ।

२५ चैतमा बसेको मधेश सरकारको प्रदेश विकास समस्या समाधान समितिको बैठकमा न्यूनतम सीमा एक करोड भन्दा कमको आयोजना बजेटमा समावेश नगराउने निर्णय गरेको थियो ।आयोजनाको नयूनतम सीमा एक करोड हुने र एक करोडभन्दा कमको आयोजना वा कार्यक्रम वार्षिक कार्यक्रममा समावेश नगराउने’, मधेश प्रदेश नीति तथा योजना आयोगको बोलाएको प्रदेश विकास समाधान समितिको पहिलो बैठकको निर्णयमा उल्लेख छ ।

सो बैठकमा मुख्यमन्त्री सतिश कुमार सिंह, सबै मन्त्रालयका मन्त्री र सचिवसमेत उपस्थित थिए ।

तर मधेश सरकार आफ्नो अडानबाट फेरि पछि हटेको छ । खुद्रे योजना र उपभोक्ता समितिबाट काम गराउँदा चिठी बिक्री वितरण हुने र सरकार बदनाम हुने भएकाले यी विकृतिलाई निषेध गर्न जनमत नेतृत्वको सतिशकुमार सिंहको सरकारले बजेट ल्याउँदा नै बजेट वक्तव्यको १४७ नम्बर बुँदामा खुला प्रतिस्पर्धा मार्फत काम गराउने उल्लेख गरेको थियो ।

५० लाख भन्दा कमका योजना नल्याउने भनेर दुई वटा योजनालाई संयुक्त रुपमा एकउटैमा गाँसेर पनि ५० लाख बजेट विनियोजन गर्ने प्रयास गरेको थियो ।

यद्यपि बजेटमा १० लाखसम्मका पनि योजना समावेश भयो । पछि सरकार आफै पछाडि हटेर संकल्प प्रस्ताव ल्याइ ५० लाखसम्मका योजना उपभोक्ता समितिबाट काम गराइरहेको छ । संयुक्त योजनालाई समेत टुक्र्याइरहेको छ ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले