`

बढी अधिकार खोज्दा प्राप्त उपलब्धि गुम्न सक्छन् : उपप्रधानमन्त्री सिंह

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकारहरू पनि गुम्नसक्ने खतरा कायम रहेको बताएका छन् । लामो संघर्षपछि ०४६ सालको जनआन्दोलनबाट अहिलेका अधिकारहरु पाएको बताउँदै पुनःबहाली भएको अधिकार सुरक्षित गर्न जरुरी रहेको उनले बताए । 

प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने भन्ने सवाल अहिलेको मुख्य विषय भएको उनको भनाइ थियो ।

‘हामी सबैले के बुझ्नुपर्छ भने प्राप्त अधिकार सुरक्षित राख्ने की नराख्ने सवाल त्यो छ । प्राप्त अधिकार भन्दा पनि अरु बढी अधिकार खोज्दा यि उपलब्धिहरू पनि गुम्ने हुन् की,’ उपप्रधानमन्त्री सिंहले भने, ‘त्यसमा कसैले केही भन्नसक्छ र ? प्राप्त अधिकारको महत्त्वलाई बुझ्नुपर्छ । अधिकारको कुरा मात्रै गर्ने होइन, जिम्मेवारीको कुरा पनि गर्नुपर्छ ।’

`
12 comments
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..

5 दिन पहिले