`

बागमतीमा बजेटको आकारबारे विवाद

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

बागमती प्रदेश सरकारमा बजेटको आकारका विषयमा सत्ता साझेदार दलबीच नै विवाद भएको छ । दलगत विवादको चेपुवामा परेपछि आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र अर्थ मन्त्रालयका सचिव कृष्णप्रसाद मैनाली सम्पर्कविहीन भएको नेताहरूले आरोप लगाएका छन् ।

यही विवादका कारण आज दिउँसो ३ बजे बजेट प्रस्तुत गर्ने भनिएकोमा साँझ ७ बजेका लागि सारिएको छ । 

स्रोतका अनुसार कांग्रेस र एमालेबीच बजेटको आकार ६८ अर्बभन्दा बढी नबनाउने भद्र समझदारी बनेको थियो । प्रभावशाली मन्त्रीहरुको दबाबमा ७२ अर्ब पुर्‍याउने तयारी भएपछि विवाद बढेको हो ।

बजेटलाई अन्तिम रुप दिन व्यस्त रहेका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले र सचिव मैनालीलाई कार्यकक्षमै गएर बजेट बढाउन दबाब दिएको स्रोतले बतायो ।

नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा पूर्वअर्थमन्त्री जगन्नाथ थपलियाले ६८ अर्बभन्दा बढी बजेट बढाउन नपाइने गरी कांग्रेससँग सहमति भएको बताए । ‘६८ अर्ब भन्दा बढाउन नपाइने सहमति भएको छ । अब कतिको बजेट ल्याउन लागेको हो, पहिला हेरौं । त्यसपछि थप कुरा हुन्छ,’ थपलियाले भने ।

एमालेबाट सरकारको नेतृत्व गरेका कृषि तथा पशुपंछी विकास मन्त्री प्रकाश श्रेष्ठले ६८ अर्ब भन्दा बढी बजेट बनाउन नपाइने स्पष्टसँग बताए ।

आर्थिक मामिला मन्त्रालयले आज बिहान ५ बजेसम्म लगाएर बजेट बनाएको सरकारका एक मन्त्रीले जानकारी दिए । ‘हामीलाई बजेट इन्ट्री गर्न हिजो (शनिबार) १५ मिनेट दिइएन । उनीहरू ५ बजेसम्म बजेट बनाएर बसेको थाहा पाएँ । मन्त्रिपरिषद्‌मा बजेट कसरी आउँछ हामी हेर्छौं,’ ती मन्त्रीले भने ।

`
12 comments
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..

5 दिन पहिले