`                
                
                
                    
                      
                    
                
                
            
                    
        बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                    
                        `                                
                                
                                
                                    
                                                                         
                                    
                                    
                                
                                
                            
                                                    
                     
                                    
                                    
नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।
उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् । त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो ।
अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।
ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।
                        `                            
                    
                     
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्