`
बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात सुरु
10 महीना पहिले प्रकाशित
Khojkhulasa
`
नेपालले आजबाट बंगलादेशमा नियमित ४० मेगावाट विद्युत निर्यात थालेको छ । शनिबार रातीबाटै सो मात्रामा विद्युत निर्यात थालिएको ऊर्जा, जलस्रोत तथा सिञ्चाईमन्त्री दीपक खड्काले जानकारी दिए ।
उनले आजको दिनलाई ऐतिहासिक उपलब्धी समेत भनेका छन् । त्यसो त बंगलादेशसँग विद्युत निर्यात गत वर्षबाटै सुरु भएको हो । अघिल्लो वर्ष एक दिन मात्र विजुली पठाएर औपचारिकता दिइएको थियो ।
अब नियमित रुपमा तेस्रो मुलुकमा विद्युत जाने छ । नेपालबाट भारतको ग्रिडमार्फत बंगलादेशमा विजुली पठाउन थालिएको हो ।
ऊर्जामन्त्री खण्डकाले बिहारलाई समेत ८० मेगावाट विद्युत निर्यात थालिएको बताएका छन् ।
`
कमेन्ट गर्नुहोस्