`

नाराबाजीकाबीच संसद् चलाउनु दादागिरी हो : राप्रपा

3 महीना पहिले प्रकाशित

Khojkhulasa

`

 राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अवरोधका बीच प्रतिनिधि सभाको बैठक चलाएको भनेर सभामुखमाथि नै प्रश्न उठाएको छ । राप्रपा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को अवरोधकाबीच प्रतिनिधि सभाको बैठक अगाडि बढेको छ । रास्वपाका सांसदहरू गृहमन्त्रीको राजीनामा मागेर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरू भने आफ्नो सिटबाट उठेर विरोध गरिरहेका छन् ।  तर, सभामुखले प्रतिनिधि सभाको बैठक अगाडि बढाएका छन् । यस्तो गर्नु उचित नहुने राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीको आग्रह छ ।‘सभामुखज्यु मैले राख्नुपर्ने केही पनि छैन । संसद्मा आन्दोलन भइरहँदा यसरी संसद चलाउनु के उचित हुन्छ ?’ प्रमुख सचेतक शाहीको प्रश्न छ । संसद्मा विरोधका रहेका सांसदहरू जनताले जिताएका जनप्रतिनिधि भएकाले समान व्यवहार हुनुपर्ने उनले बताए । अन्यथा, विरोधका बीच संसद चलाउनु दादागिरी हुने उनको आग्रह छ ।‘यसरी संसद् चलाउनु भयो संसदीय अभ्यास होइन । यो दादागिरी हो, दादागिरी बन्द गर्नुस्’ प्रमुख सचेतक शाहीले भने ।

`
12 comments
नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाद्वार..

नेपाल शिक्षक महासंघ स्थानीय समिति सबैला नगरपालिकाको आयोजनामा आज धर्ना कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमको अध..

7 दिन पहिले