प्रधानमन्त्री कार्यालयको चेतावनीपछि विमानस्थल अध्यागमन कार्यालयका दुई उपसचिवको काज फिर्ता
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                     
                                    
                                    
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कारबाही गर्ने चेतावनी दिएसँगै गृह मन्त्रालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा कार्यरत दुई उपसचिवको काज फिर्ता गरेको छ । गृह मन्त्रालयको कर्मचारी प्रशासन शाखाका उपसचिव सुरेशराज जोशीका अनुसार कार्यालयमा काजमा रहेका उपसचिवद्वय अच्युत श्रेष्ठ र निराजन श्रेष्ठको काज फिर्ता गरिएको हो । ‘प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दी भन्दा बढी रहेका कर्मचारीहरूको काज फिर्ता गर्नु भनेर पत्र काटेको थियो । कार्यालयले पत्र काट्ने बेलामा दुई उपसचिव दरबन्दीभन्दा बढी काजमा हुनुहुन्थ्यो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रशासकीय क्षेत्र हेर्ने सचिव गोविन्द कार्कीले जेठ २१ गते गृह मन्त्रालयका सचिव गोकर्णमणि दुवाडीलाई पत्र लेख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी काजमा रहेका कर्मचारीलाई दरबन्दी भएको स्थानमा काज फिर्ता गरेर त्यसको जानकारी एक साताभित्र प्रधानमन्त्री कार्यालयलाई गराउन निर्देशन दिएका थिए ।
 
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्