`

रास्वपा र राप्रपाको विरोधलाई बेवास्ता गर्दै अघि बढ्यो संसद

16 दिन पहिले प्रकाशित

Khojkhulasa

`

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग्दै आएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभा बैठकमा विरोध जारी राखेका छन् । सभामुख देवराज घिमिरेले उनीहरुको नाराबाजीका बीच संसद बैठक सन्चालन गरेका छन् । सभामुख घिमिरेले बैठक सुरु भएको जानकारी गराउनुसाथ राप्रपा र रास्वपाका संसादहरु आ–आफ्नो ठाउँबाट उठेका थिए । सभामुख घिमिरेले उनीहरुलाई बस्न अनुरोध गरे । तर उनीहरुले मानेनन् । त्यसपछि सभामुख घिमिरेले कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेलाई बोल्न समय दिए । कांग्रेस प्रमुख सचेतक घिमिरेले नैतिकताको कुरा गर्न थालेपछि रास्वपा सांसदहरु वेल अगाडि आएर नाराबाजी गरिरहेका छन् । राप्रपाका सांसदहरु भने आ–आफ्नो स्थानमा उभिरहेका छन् । एकजना उभिँदा पनि वा विरोध जनाउँदा संसद बैठक सञ्चालन नगर्ने प्रचलन छ । तर सभामुख घिमिरेले कार्यसूची अनुसार नै बैठक चलाइरहेका छन् । सभामुखले कांग्रेसका घिमिरेपछि एमालेका योगेश भट्टराई र माओवादी केन्द्रका देवेन्द्र पौडेललाई बोल्न समय दिएका छन् । पौडेलपछि रास्वपाका सन्तोष परियारलाई बोल्न समय दिए पनि परियारले बोलेनन् ।विपक्षी दलबाट नाराबाजी जारी रहेकै बेला सभामुख घिमिरेले रामप्रकाश चौधरीलाई बोल्न समय दिएका छन् ।

`
12 comments
एसईई नतिजा चित्त नबुझे असार २३ सम्म पुनर्योग गरिसक्नुपर..

राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा चित्त नबुझे २३ असार २०८२ भित्र पुनर्योग..

4 दिन पहिले

विद्यालय शिक्षा विधेयक असार १३ गते पास गर्ने शिक्षा समि..

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक पर्सी (असार १३) पास गर्ने तयार..

6 दिन पहिले

केन्द्रीय कमिटी बैठक एमालेले बोलायो

नेकपा एमालेले केन्द्रीय कमिटी बैठक बोलाएको छ । बुधबार बसेको पार्टीको सचिवलाय बैठकले आगामी साउन ५ गते केन्द्रीय ..

6 दिन पहिले

शिक्षा विधेयकमा निर्णय लिन बोलाइयो संसदीय समिति बैठक

विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । बिहीबार १ बज..

6 दिन पहिले