`                
                
                
                    
                      
                    
                
                
            
                    
        प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूको आपत्ति
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                    
                        `                                
                                
                                
                                    
                                                                         
                                    
                                    
                                
                                
                            
                                                    
                     
                                    
                                    
प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका लागि बनेको कानुनको दुरुपयोग गर्दै सत्ताको बलमा प्रहरी परिचालन गरेर पत्रकारलाई पक्राउ गर्न खोज्नु खेदजनक विषय भएको बताएका छन् । पत्रकार दिलभूषण पाठकमाथि केही दिनअघि पक्राउ पुर्जी जारी भएको थियो । पाठकमाथि जारी पक्राउ पुर्जी पनि खारेज गर्न सम्पादकहरूको माग छ । ‘विचार तथा अभिव्यक्ति स्वतन्त्रता जोडिएका विषयमा तत्सम्बन्धी कानुनले गरेको व्यवस्था पालना गर्न राज्यको ध्यानाकर्षण गराउँदै हामी दिलभूषण पाठक विरुद्धको पक्राउ पुर्जी खारेज गर्न माग गर्दछौं,’ जारी विज्ञप्तिमा भनिएको छ ।
                        `                            
                    
                     
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्