कोशीमा ३७ अर्बको बजेट ल्याइँदै, सांसदलाई अढाइ करोडको योजना
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                     
                                    
                                    
कोशी प्रदेश सरकारले आज आर्थिक वर्ष २०८२–८३ को बजेट सार्वजनिक गर्दैछ । बजेट प्रस्तुत गर्नका लागि प्रदेशसभा बैठक आज दिउँसो ३ बजे बोलाइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले आगामी वर्षको बजेट प्रस्तुत गर्दैछन् । चालु आर्थिक वर्षका लागि उनले ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएका थिए । चालु आर्थिक वर्षको बजेट ल्याउँदा नेकपा माओवादी केन्द्र सरकारको थियो ।आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दा माओवादी प्रतिपक्षमा छ । कांग्रेस र एमालेको सरकार छ । प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुनेछ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले ३७ अर्ब हाराहारीको हुने बताए ।झापाको गौरदह क्याम्पसमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधनका क्रममा उनले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्ष २०८२–८३ को बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,’ उनले भनेका थिए, ‘वास्तविक स्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’प्रदेशले सार्वजनिक गर्ने बजेटमा प्रत्यक्ष निर्वाचित सांसदलाई दुई करोड ५० लाखका दरले बजेट दिइएको छ ।सामानुपातिक सांसदलाई एक करोड ५० लाखका दरले बजेट दिइएको आर्थिक मामिला तथा योजना मन्त्रालय स्रोतले बतायो ।सांसदले पेश गरेका भौतिक पूर्वाधार निर्माणका योजनालाई भौतिक पूर्वाधार विकास मन्त्रालयमार्फत बजेट छूट्याइएको छ ।
 
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्