`                
                
                
                    
                      
                    
                
                
            
                    
        एयर इन्डियाको जहाजमा बम भएको हल्लाले थाइल्याण्डमा आकस्मिक अवतरण
5 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                    
                        `                                
                                
                                
                                    
                                                                         
                                    
                                    
                                
                                
                            
                                                    
                     
                                    
                                    
एयर इन्डियाको जहाज थाइल्याण्डमा आपतकालीन अवतरण गरेको छ । फुकेटबाट दिल्ली आउँदै गरेको ए आई ३७९ विमानमा बम रहेको हल्लापछि आकस्मिक अवतरण गराइएको हो । समाचार एजेन्सी रोयटर्सका अनुसार फुकेट एयरपोर्टबाट भारतीय समय अनुसार आज बिहान साढे ९ बजे (स्थानीय समय अनुसार दिउँसो साढे २ बजे) सो विमान उडेको थियो । तर अण्डमान सागर माथि आइपुगेका बेला सो विमान फर्किएर फुकेट विमानस्थलमै अवतरण गरेको थियो । विमान सुरक्षित अवतरण गरेको र सबै यात्रु तथा चालक दलका सदस्यहरु सकुशल रहेको रोयटर्सले जनाएको छ ।
                        `                            
                    
                     
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्