प्रसाईंको गाडीमा झुन्डिनेदेखि जडीबुटीमा आगो झोस्नेसम्मका व्यक्ति थुनामा
1 महीना पहिले प्रकाशित
Khojkhulasa


गत १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनका प्रतिवादीमध्ये ७ जना पुर्पक्षका लागि कारागार चलान भए । बिहीबार राति साढे १२ बजे काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ७ जना प्रतिवादीलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको थियो । लगत्तै जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनीहरूलाई कारागार पठायो ।
६१ जना प्रतिवादीलाई सरकारी वकिल कार्यालयले ११ जेठमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । जसमध्ये आपराधिक उपद्रवको कसुरमा मात्रै मुद्दा दायर भएका ११ जना यसअघि नै धरौटीमा रिहा भएका थिए । केही पक्राउ पर्न बाँकी छन् भने हाजिरी जमानीमा छुटेका समेत अदालत उपस्थित भएका थिएनन् ।
बिहीबार रातिसम्म जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा ३९ जना थिए । ३९ प्रतिवादीको एक साताभन्दा लामो थुनछेक बहस सकिएपछि बिहीबार अदालतले आदेश गर्यो ।
कमेन्ट गर्नुहोस्