`

अनेरास्ववियुका नवनिर्वाचित अध्यक्ष डा.सुजन भन्छन्– मेरो नेतृत्व विद्यार्थी आन्दोलनमा नयाँ परीक्षण

1 महीना पहिले प्रकाशित

Khojkhulasa

`

कीर्तिपुरमा सम्पन्न अनेरास्ववियुको २४औं राष्ट्रिय सम्मेलनबाट डा.सुजन कडरिया अध्यक्ष पदमा निर्वाचित भएका छन् । नेसनल मेडिकल स्टुडेन्टस एसोसिएसनका संस्थापक अध्यक्षसमेत रहेका कडरियाले अर्का प्रत्यासी प्रकाश पौडेललाई सात मतको झिनो अन्तरले पराजित गर्दै अध्यक्ष निर्वाचित भए । अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लागू भएकाले सचिवभन्दा माथिका पदाधिकारी स्वतः बिदा भएका थिए । त्यसैले सचिवहरु मध्ये भएको प्रतिस्पर्धामा रामेछापका कडरियाले बाजी मारे । भूकम्पपछिको विपत्तिमा विभिन्न जिल्लामा पुगेर चिकित्सा सेवा गरेको र मेडिकल क्षेत्रको भ्रष्टाचारको मुद्दा उठाएका उनी आफ्नो जितलाई विद्यार्थी आन्दोलनमा नयाँ दिशा दिने चाहनाको पुष्ट्याइ मान्छन् ।उनी भन्छन्, ‘यो विद्यार्थी आन्दोलनले कतै न कतै आफ्नो डिरेक्सन चेन्ज गर्न चाहिरहेको छ भन्ने मलाई लागेको थियो र त्यही अनुरुप यो निर्वाचन परिणामले केही हदसम्म पुष्टि गरेको छ ।’

`
12 comments