सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा लीलादेवी गड्तौला
6 महीना पहिले प्रकाशित
Khojkhulasa
 
                     
                                    
                                    
सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ।
बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगमा महेश थापालाई अध्यक्ष नियुक्त गरेको छ। त्यस्तै बेपत्ता छानबिन आयोगमा लीलादेवी गड्तौला अध्यक्ष नियुक्त भएकी छन्।
संखुवासभाका थापा उच्च अदालतका पूर्वन्यायाधीश हुन्।
तेह्रथुमकी गड्तौला पूर्वमुख्य सचिव हुन्। गड्तौला मुख्य सचिव हुने पहिलो महिला पनि हुन्।
मन्त्रिपरिषद बैठकले दुई आयोगमा अध्यक्षहरू बाहेक थप चार–चार जना सदस्यहरू पनि नियुक्त गरेको छ।
सत्य निरूपण आयोगका सदस्यहरूमा जाजरकोटका अच्युतप्रसाद भण्डारी, पाँचथरका डा. टीकाप्रसाद ढकाल, जुम्लाका पदमबहादुर शाही र कञ्चनपुरकी कुमारी कौशल्य ओझा छन्।
त्यस्तै बेपत्ता छानबिन आयोगका सदस्यहरूमा सल्यानका गोपालनाथ योगी, झापाका अग्निप्रसाद थपलिया, काठमाडौंकी सिर्जना पोखरेल र कास्कीकी विनिता नेपाली छन्।
आयोगका पदाधिकारीहरूको तलब तथा भत्ता राष्ट्रिय मानव अधिकार आयोग सरह हुने सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले जानकारी दिए।
 
                         
                                                        
                                                         
                                             
                                             
                             
                             
                             
                             
                             
                            
कमेन्ट गर्नुहोस्