हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन
10 महीना पहिले प्रकाशित
Khojkhulasa
राहुल कुमार सिंह
हंसपुर नगरपालिका–२ स्थित श्री उच्च माध्यमिक विद्यालय बघचौडामा पालिकाका निवृतिभरण (पेन्सन) वञ्चित शिक्षकहरुको उपस्थितिमा हंसपुर नगरपालिका नगरस्तरीय पेन्सन वञ्चित संघर्ष समिति गठन गरिएको छ । शिक्षकहरुका लागि पेन्सन र अन्य सुविधाको हकको रक्षा गर्न र वञ्चित शिक्षकहरुको समस्या समाधान गर्नु समिति गठनको मुख्य उद्देश्य रहेको बताइएको छ । समितिको अध्यक्षमा सुनिल कुमार यादवलाई चयन गरिएको छ भने उपाध्यक्षमा मिना कुमारी यादव सचिवमा राजन कुमार सिंह र कोषाध्यक्षमा विनोद कुमार मंडल चयन भएका छन । समितिको सदस्यहरुमा ममता मंडल ,संतोष कुमार साह , विजय कुमार मंडल , अनिता साह , रुबी यादव , रामकिशोर मंडल , सुरेश रजक , दिपक कुमार कर्ण , जिवछ कुमार मंडल , शत्रुधन साह र जितेन्द्र साह सर्वसम्मत चयन भएका छन । समिति गठनको मुख्य उद्देश्य वञ्चित शिक्षकहरुको पेन्सन र अन्य भत्ताको लागि संघर्ष गर्नु रहेको बताइएको छ । समितिका सदस्यहरुले यस संघर्षमा एकजुट भएर आफूहरूको हकका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन् । आगामी दिनमा शिक्षकहरुको समस्याको समाधानका लागि विभिन्न कदमहरु चालिने र स्थानीय प्रशासनसँग समन्वय गरेर मुद्दाको समाधानको प्रयास गरिने समिति सदस्यहरुले जानकारी दिएका छन । समिति गठनपछि अध्यक्ष यादवले यस्तो संघर्षमा सबै शिक्षकलाई एकजुट र संलग्न हुने आह्वान गर्दै शिक्षकहरुको हकको रक्षा र सम्मानको लागि यो कदम महत्वपूर्ण हुने बताए । समिति गठनको कार्यक्रममा विभिन्न शिक्षकहरुले आफ्नो विचार राख्दै पेन्सनको समस्यालाई तत्काल समाधान गर्नका लागि समुहको संघर्ष जारी राख्नुपर्नेमा जोड दिए ।
कमेन्ट गर्नुहोस्