`

भारतमा मोदीलाई झट्का, प्रधानमन्त्री बन्न रोक्ने विपक्षी प्रयास

12 महीना पहिले प्रकाशित

Khojkhulasa

`

 भारतमा चुनावी अभियानको सुरुमा एउटै प्रश्न थियो, भारतीय जनता पार्टी (भाजपा)ले कति सिट जित्न सक्छ ? नरेन्द्र मोदीको पक्षमा कति भारी बहुमत ल्याउँछ ?

मोदीको नाममा चुनाव लडेको भाजपाले अबकी बार ४०० पारको नारा दिएको थियो । सातौं तथा अन्तिम चरणको मतदान भएको साँझ १ जुनमा सार्वजनिक एक्जिट पोलहरुमा मोदीको अपेक्षाअनुसार नतिजा नआए पनि भाजपाले सहज बहुमत र एनडीए गठबन्धनले ३५० भन्दा बढी सिट जित्ने दाबी गरिएको थियो ।  

मंगलबार जब मत गणना सुरु भयो, मोदी र भाजपा समर्थकलाई नराम्रो झट्का लाग्यो । किनकी भाजपाले संसदको बहुमत गुमाउने मात्र होइन, एनडीए गठबन्धनको बलमा सरकार बनाउन समेत गाह्रो पर्ने सुरुवाती रुझानले देखायो ।

साँझसम्म आइपुग्दा मोदी बाराणासी क्षेत्रबाट तेस्रो पटक लोकसभा सदस्यमा निर्वाचित भएका छन् । तर उनको दल भाजपाले संसदको बहुमत गुमाएको छ । एनडीए गठबन्धन कायमै रहे मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने देखिन्छ ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

7 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले