`

साढे ६ वर्षपछि मधेशको नेतृत्व गुमाउँदै जसपा

12 महीना पहिले प्रकाशित

Khojkhulasa

`

नेकपा एकीकृत समाजवादीले सरकार छाडेसंगै मधेशमा जनता समाजवादी पार्टी, नेपाल (जसपा नेपाल) नेतृत्वको सरकार ढल्ने निश्चितजस्तै भएको छ । २०७४ मंसिरको चुनावपछि लगाचार मधेश सरकारमा रहेको जसपा नेपालले मधेश प्रदेशमा बहुमत गुमाएको छ ।

३० वैशाखमा सरोजकुमार यादव नेतृत्वको सरकारबाट एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो, मंगलबार एकीकृत समाजवादीले पनि फिर्ता लिएको छ । 

मुख्यमन्त्री यादव बुधबार प्रदेशसभबाट विश्वासको मत लिने तयारीमा छन् । तर पूर्वसन्ध्यामा एकीकृत समाजवादी सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि उनले मधेश प्रदेशसभामा बहुमत पुर्‍याउन नसक्ने निश्चित छ ।

मंगलबार एकीकृत समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री गोविन्द न्यौपाने र श्रम तथा यातायात मन्त्री बेची लुंगेलीले मुख्यमन्त्रीको सचिवालयमा मंगलबार राजिनामा बुझाए । संगै सरकारबाट समर्थन फिर्ता लिएको पत्र प्रदेश प्रमुख सुमत्रि सुवेदी भण्डारीलाई बुझाएका छन् ।

`
12 comments
एका बिहान भर्ना अभियानको ब्यानर र प्ले कार्डसहित देखिए श..

राहुल कुमार सिंह शिक्षा क्षेत्रमा मधेश प्रदेशमै आफनो फरक पहिचान बनाउन सफल गोगल प्रसाद नमुना माध्यमिक विद्यालयल..

6 दिन पहिले

‘पढ्दै कमाउँदै’ नीति : हप्तामा २० घण्टा काम कत्तिको सम्भ..

सरकारले स्नातक तहमाथिका विद्यार्थीलाई हप्तामा बढीमा २० घण्टा कामको न्यूनतम ज्याला सुनिश्चित गरी ‘कमाउँदै पढ्..

4 दिन पहिले

सत्य निरूपण आयोगको अध्यक्षमा महेश थापा, बेपत्ता आयोगमा ल..

सरकारले दुई आयोगमा पदाधिकारीहरू नियुक्त गरेको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सत्य निरूपण तथा मेल..

4 दिन पहिले